उच्च पदमा बस्ने व्यक्तिहरूबाटै लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृत्ति देखियो : डा. भट्टराई « Khabarhub

उच्च पदमा बस्ने व्यक्तिहरूबाटै लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृत्ति देखियो : डा. भट्टराई


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भइरहेको बताएका छन्।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा भट्टराईले कुनै जिम्मेवारी नै नलिएर उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भएको र संघीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृत्ति देखिएको बताएका हुन्  ।

उनले लोकतन्त्रीको विकासका लागि विशेष ध्यान दिनुपर्ने र संघीयतालाई बलियो पार्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे।

संघियतालाई बलियो बनाउन संविधान बनाउने क्रममा पनि त्रुटि रहेको र अहिले ठिक ढंगले कानून नबनाउँदा ठिक ढंगले काम गर्न नसकेको उनले बताए।

उनले मुलुकको द्रुततर विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता रहेको र यसमार्फत गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न काम गर्नुपर्ने जिकिर गरे।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले सार्वजनिक नीतिले राष्ट्रियहितको संरक्षण र संवर्द्धन गर्नका लागि प्रतिष्ठान क्रियाशील रहेको धारणा राखे।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ०९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको