दुई सातादेखि विद्युत् सेवा अवरुद्ध « Khabarhub

दुई सातादेखि विद्युत् सेवा अवरुद्ध


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

बाढीपहिराले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको छ । दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन । विद्युत् केन्द्रका प्रमुख रावलले भने ,’खलङ्गामा दुई सातादेखि नेशनल ग्रिड अवरुद्ध भएपछि स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली जुम्ला सदरमुकाम खलङ्गामा कामचलाउ वितरण भइरहेको छ ।

यही बिजुली पनि २४सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।’ टोल र क्षेत्र क्लष्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए।

स्थानीयस्तरमा उत्पादित बिजुली कम क्षमताको छ । अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ । यहाँका स्थानीयवासीलाई घरमा कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस् भनेर बिजुली आपूर्ति गरिएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । 

क्षतिग्रस्त भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ । सडक पनि अवरुद्ध भएकाले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको छ । प्राधिकरणका कर्मचारी विद्युत् मर्मतको काममा लागिपरेको वितरण केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : २८ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ