मुस्ताङमा सुस्त चुनावी गतिविधि « Khabarhub

मुस्ताङमा सुस्त चुनावी गतिविधि


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– छर्लङ्गै खुलेको छ मौसम । चारैतिर सेता हिमाल मुसुक्क मुस्कुराइरहेका छन् । सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र मुस्ताङका होटल व्यवसायीको न्यानो आतिथ्यतामा रमाइरहेका आन्तरिक तथा बाह्य पर्यटकको रौनक बढेको मुस्ताङमा अबको २६ दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको गतिविधि भने सुस्त छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा राजनीतिक दलले चुनावी गतिविधि सञ्चालन गरिसकेका छैनन् । ‘चुनाव आइसक्यो, तर कुनै पनि दलका उम्मेदवार भोट माग्न आएका छैनन्, न त आफ्ना एजेण्डा नै हामीलाई बताएका छन्’, मुस्ताङको सदरमुकाम जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताए । मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।

प्रतिनिधिसभातर्फ पाँच राजनीतिक पार्टीका पाँच र दुई स्वतन्त्र उम्मेदवार छन् । प्रदेशतर्फ चार राजनीतिक पार्टीका छ जनाले मनोनयनपत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए । प्रतिनिधिसभातर्फ एमालेबाट पूर्वसांसद प्रेमप्रसाद तुलाचन, कांग्रेससहितको गठबन्धनबाट योगेश गौचन थकाली, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुदेश गुरुङ, राप्रपाबाट मानबहादुर विक र राप्रपा नेपालबाट प्रवीण शेरचनले उम्मेदवारी दिएका छन् । प्रदेशतर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, कांग्रेससहितको गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार हुन्।

प्रतिनिधिसभामा स्वतन्त्रबाट डा सुरेन्द्र शेरचन र सुरज लालचन उम्मेदवार हुन । प्रदेशतर्फ कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन । मुस्ताङमा कुनै किसिमका चुनाव लक्षित गतिविधि सञ्चालन नभएका मार्फाका देवेन्द्र शेरचनले बताए । ‘अहिलेसम्म मुस्ताङलाई चुनावी गतिविधिले छोएको छैन, हाम्रो पार्टी सभापति र प्रतिनिधिसभाका उम्मेदवार जिल्लामा छैनन् ,उनीहरू काठमाडौँबाट आएपछि मात्र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर मात्र चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्छौैँ’,  प्रदेशसभा उम्मेदवार कांग्रेसका विकल शेरचनले बताए  ।एमालेले पनि अहिलेसम्म निर्वाचन लक्षित कुनै गतिविधि सञ्चालन गरेको छैन । ‘हामी अहिले आन्तरिक तयारीमा लागेका छौँ, स्थानीय तहका साथीसँग छलफल भइरहेको छ, अब छिट्टै घरदैलो, भेटघाटलगायतका कार्यक्रम गर्छौँ’, एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार प्रेमप्रसाद तुलाचनले भने।

जोमसोमस्थित होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचन चुनावप्रति स्थानीय त्यति उत्साहित नभएका बताए । ‘मुस्ताङ होटल र पर्यटनले धानिएको जिल्ला हो, यहाँ अन्तिम समयमा मात्र चुनाव आएजस्तो हुन्छ, अघिपछि सबै आ-आफ्नै कामधन्दामा व्यस्त हुन्छन्, आफ्नो कामधन्दा नै छाडेर न त उम्मेदवार एक डेढ महिनाअघिदेखि चुनाव प्रचारमा लाग्छन्, न त मतदातालाई उम्मेदवारसँग छलफल गर्ने, उनीहरूका कुरा सुन्ने फुर्सद हुन्छ’, हिराचनले बताए । सञ्चालन नभएका मार्फाका देवेन्द्र शेरचनले बताए । ‘अहिलेसम्म मुस्ताङलाई चुनावी गतिविधिले छोएको छैन, हाम्रो पार्टी सभापति र प्रतिनिधिसभाका उम्मेदवार जिल्लामा छैनन् ,उनीहरू काठमाडौँबाट आएपछि मात्र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर मात्र चुनाव लक्षित कार्यक्रम सञ्चालन गर्छौैँ’,  प्रदेशसभा उम्मेदवार कांग्रेसका विकल शेरचनले बताए  ।

विगतका वर्षको तुलनामा यस वर्ष मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोम चेकपोष्टका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये करिब ७५ प्रतिशत सार्क मुलुकका छन् ।

विगत १४ वर्षदेखि जोमसोममा सुनसरी किराना पसल सञ्चालन गर्दै आउनुभएकी राधिका क्षेत्रीले चुनाव आउँदै छ भन्ने आफूले सुनेको तर भोट माग्न अहिलेसम्म कोही पनि नआएको बताए । ‘हामीलाई आफ्नै व्यवसायको ध्याउन्न छ, फलानो पार्टीको फलानोलाई भोट दिनु है भनेर कोही पनि आएको छैन, आए पनि हुन्छ हजुर भनेर छिट्टै आफ्नो काममा लाग्नुपर्ने बाध्यता छ’, क्षेत्रीले भने। 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  २ : २३ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र