घरदैलो अभियानमा चुनावी प्रचार « Khabarhub

घरदैलो अभियानमा चुनावी प्रचार


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूले आफ्नो पक्षमा मत कसरी प्राप्त गर्न सकिन्छ भनेर जनताको मन जित्न विभिन्न प्रयास गरिरहेका छन् । निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएपछि हाल उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।

आचारसंहिताअनुसार यही कात्तिक १७ गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममा कुनै प्रकारको प्रचार-प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउँदैनन् । यस निर्वाचनमा चुनावी प्रचारको अवधि कम भएर उचित प्रचार-प्रसार गर्न नपाइएको उम्मेदवारको गुनासो रहे पनि तिनै उम्मेदवारले छोटो समय प्रचार-प्रसार अवधि हुँदा आफ्नो खर्च बचतसमेत भएको बताउने गरेका छन् ।

उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुनेसमेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधन, स्रोत तथा जनशक्तिको उपयोग गर्न पाइँदैन ।

त्यस्तै निर्वाचन प्रसार–प्रसारका लागि आयोगले अनुमति दिएको सवारीसाधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोकेबमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसार–प्रसारका लागि सवारीसाधन प्रयोग गर्ने, निवाचन प्रचार–प्रसारका लागि अनुमति लिएका सवारीसाधनबाहेक अन्य सवारीसाधनमा दलको वा निर्वाचन चिह्न अंकित झण्डा प्रयोग गर्न पाइँदैन ।

आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पाल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको छ ।

साथै यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने व्यवस्था रहेकाले कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा आचारसंहिताको दफा १३ को उपदफा ९१० को खण्ड राजाविपरीत हुने गरी आफ्नो वा आफ्नो दलसँग सम्बन्धित प्रचार–प्रसार सामग्री नटास्न तथा अरुलाई समेत त्यस्तो प्रचार–प्रसार सामग्री राख्न वा टाँस्न नदिने उल्लेख छ ।

आचारसंहिता विपरीतका काम भएमा कानुनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरुलाई समेत पालना गर्न लगाउने रहेको छ ।

आगामी निर्वाचनमा जम्मा मतदाता सङ्ख्या एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० रहेका छन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ३ : ३४ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी