घरदैलो अभियानमा चुनावी प्रचार | Khabarhub Khabarhub

घरदैलो अभियानमा चुनावी प्रचार


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूले आफ्नो पक्षमा मत कसरी प्राप्त गर्न सकिन्छ भनेर जनताको मन जित्न विभिन्न प्रयास गरिरहेका छन् । निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएपछि हाल उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।

आचारसंहिताअनुसार यही कात्तिक १७ गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममा कुनै प्रकारको प्रचार-प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउँदैनन् । यस निर्वाचनमा चुनावी प्रचारको अवधि कम भएर उचित प्रचार-प्रसार गर्न नपाइएको उम्मेदवारको गुनासो रहे पनि तिनै उम्मेदवारले छोटो समय प्रचार-प्रसार अवधि हुँदा आफ्नो खर्च बचतसमेत भएको बताउने गरेका छन् ।

उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुनेसमेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधन, स्रोत तथा जनशक्तिको उपयोग गर्न पाइँदैन ।

त्यस्तै निर्वाचन प्रसार–प्रसारका लागि आयोगले अनुमति दिएको सवारीसाधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोकेबमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसार–प्रसारका लागि सवारीसाधन प्रयोग गर्ने, निवाचन प्रचार–प्रसारका लागि अनुमति लिएका सवारीसाधनबाहेक अन्य सवारीसाधनमा दलको वा निर्वाचन चिह्न अंकित झण्डा प्रयोग गर्न पाइँदैन ।

आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पाल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको छ ।

साथै यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने व्यवस्था रहेकाले कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा आचारसंहिताको दफा १३ को उपदफा ९१० को खण्ड राजाविपरीत हुने गरी आफ्नो वा आफ्नो दलसँग सम्बन्धित प्रचार–प्रसार सामग्री नटास्न तथा अरुलाई समेत त्यस्तो प्रचार–प्रसार सामग्री राख्न वा टाँस्न नदिने उल्लेख छ ।

आचारसंहिता विपरीतका काम भएमा कानुनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरुलाई समेत पालना गर्न लगाउने रहेको छ ।

आगामी निर्वाचनमा जम्मा मतदाता सङ्ख्या एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० रहेका छन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ३ : ३४ बजे

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ

मुख्यमन्त्री कार्कीले भने- मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ 

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि