पाकिस्तानमा पोलियोविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन « Khabarhub

पाकिस्तानमा पोलियोविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान सरकारले पोलियोविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन गरेको जनाएको छ । सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको हो । यो अभियान एक हप्तासम्म चल्ने बताइएको छ ।

अभियान सोमबारबाट सुरु गरिएको हो । सोमबार पाकिस्तानी स्वास्थ्यमन्त्री अब्दुल कादिर पटेलले सो अभियानको सुरुवात गरेका हुन् ।

खोप अभियानअनुसार पाकिस्तानका पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ ।

यो अभियान पाकिस्तानका दशौँ लाख बालबालिकासम्म पुग्ने मन्त्री कादिर पटेलले बताए । उनले देशबाट पोलियो उन्मूलन गर्ने यो ठूलो अभियान भएकाले यसका लागि सहयोग गर्न यहाँका सबै अभिभावकलाई आग्रह गरे ।

खोप अभियानमा खैबर पख्तुनख्वा प्रान्तका बालबालिकालाई विशेष ध्यान दिइने छ । उनीहरुलाई घरघरैमा पुगेर पनि खोप लगाउन भनिएको छ ।

पाकिस्तानमा यो वर्ष २० जना बालबालिकामा पोलियोको सङ्क्रमण भेटिएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका बालबालिकामा बढी मात्रामा पोलियो देखिएको बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : ३४ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका