बेलायती प्रधानमन्त्रीको रुपमा सुनकको पहिलो सम्बोधन – मुलुकमा व्याप्त समस्या समाधान गर्ने दृढता « Khabarhub

बेलायती प्रधानमन्त्रीको रुपमा सुनकको पहिलो सम्बोधन – मुलुकमा व्याप्त समस्या समाधान गर्ने दृढता


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले बेलायतमा व्याप्त समस्याको समाधान गर्ने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो सम्बोधनका क्रममा सुनकले बेलायतमा विश्वासको वातावरणलाई पुनःस्थापना गर्ने, आत्मविश्वास बढाउने र अर्थतन्त्रमा देखिएको संकट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले संसद र सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र जारी विवादको पनि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अहिलेको अवस्था कति कठिन छ भन्ने मैले बुझेको छु’ बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटअगाडि सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले भने, ‘यति हुँदा मैले विश्वासलाई पुनःस्थापित गर्न काम गर्नुपर्छ भन्ने पनि मलाई थाहा छ ।’

उनले समस्याबाट आफू विचलित नभएको पनि बताएका छन् । उनले आफू उच्चस्तरको जिम्मेवारीमा रहेको बताउँदै जिम्मेवारीअनुसारको काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि उनले बेलायतका राजा चाल्र्स तृतीयसँग भेट गरी औपचारिक रुपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । लिज ट्रसले गत बिहीबार राजीनामा दिएको घोषणा गरेसँगै ऋषि सुनकलाई कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चुनेको हो ।

उनका सामुन्ने सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र जारी विवादको समाधान गर्ने र बेलायतको गिर्दो अर्थतन्त्रलाई उकास्ने चुनौति रहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : २८ बजे

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा