वनभोज खान गएका एकको मृत्यु , एक बेपत्ता  « Khabarhub

वनभोज खान गएका एकको मृत्यु , एक बेपत्ता 


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० वर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ वर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । 

नदीमा डुबेका बिरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र बिरेन्द्र डुबेपछि साथीहरूलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारी रहेको शवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताए ।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरूले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा भोजको आयोजना गरेका थिए ।

पिकनिक गएका युवाहरू नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ४० बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र