ओएएनएको १८औँ महासभा सम्पन्न « Khabarhub

ओएएनएको १८औँ महासभा सम्पन्न


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेहरान -इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन ९ओएएनए० को १८औँ महासभा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महासभाले आज पारित गरेको घोषणापत्रमा गलत समाचार विरुद्ध मुकाबिला गर्न ओएएनएमा आवद्ध मुलुकहरूका समाचार समितिबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उल्लेख छ ।

समाचार समितिबाट उत्पादन हुने समाचार तथा रिपोर्टको विश्वसनीयता बढाउने घोषणापत्रमा जनाइएको छ । पाठक, दर्शक र स्रोताको सत्य सूचना पाउने अधिकारप्रति प्रतिबद्धता जनाउँदै ओएएनएमा आवद्ध मुलुकहरूले रिपोर्टमा पेशागत कर्तव्यलाई प्रभावित हुने गरी राजनीतिक विचार प्रवाह नगर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी समाचार समितिका जारी गतिविधिलाई अगाडि बढाउन ओएएनएमा आवद्ध मुलुकहरू मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । समाचार समितिबीचको सहकार्यमा आउन सक्ने अप्ठ्यारालाई न्यूनीकरण गर्न सदस्य मुलुकले सहकार्य गर्ने उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डलाई स्वीकार्दै विश्वका स्वतन्त्र देशका राष्ट्रिय सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा चुनौती सिर्जना गर्ने अवस्थाको अपेक्षा नगरिएको घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी ओएएनए सदस्य मुलुकका संस्थाबाट भएका निर्णय कार्यान्वयन तथा लक्ष्य प्राप्तिको पुनःप्रतिबद्धता व्यक्त गरिनुका साथै त्यसका लागि व्यक्ति एवं भर्चुअल माध्यमबाट सम्पर्कमा रहने उल्लेख गरिएको छ ।

घोषणापत्रमा कोभिड–१९ले समाचार सङ्कलनमा सीमितता ल्याएको उल्लेख गर्दै सञ्चार माध्यमले पाठक, दर्शक र स्रोतको आवश्यकता परिपूर्ति गर्न समाचार संकलनमा नयाँ प्रविधि र रणनीति अपनाएको उल्लेख गरिएको छ । त्यसैगरी ओएएनए सदस्य मुलुकहरुबीच नयाँ अवस्था र विकासका अनुभव आदानप्रदानलाई निरन्तर जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने