संसदीय यात्राको खुड्किलो पार गर्दै मन्त्री मेटमणि चौधरी « Khabarhub

संसदीय यात्राको खुड्किलो पार गर्दै मन्त्री मेटमणि चौधरी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भएका छन्। विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन्। समाजवादीमा प्रवेश गरेपछि भने उनी पहिलोपटक सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजयी भएका हुन्।

विसं २०२९ चैत १० गते दाङको गठवामा भगवतीप्रसाद र थिवरात्री चौधरीको छोराको रुपमा जन्मिएका उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। राजनीतिसँगै उनी विद्यावारिधि अध्ययनरतसमेत छन्।

विसं २०४५ मा नेकपा (माले)को सदस्यता लिएर उनले राजनीति सुरु गरेका हुन्। विसं २०४६ मा उनले अनेरास्ववियु छैटौँको सदस्यता लिएका थिए। चौधरी २०४७ सालमा एमाले प्रवेश गरेका हुन्। विसं २०४८ मा चौधरीले अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीमा बसेर काम गरे। उनी २०७५ सालमा एमाले र माओवादी एकता केन्द्र भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य बने। चौधरीले नेकपाको दाङ जिल्लाको सहइञ्चार्ज भएर पनि काम गरे।

विसं २०७४ मा सांसदमा निर्वाचित भएपछि उनले संसद्का अर्थ समितिमा बसेर पनि काम गरेको अनुभव छ। विकास र अर्थतन्त्रमा विशेष रुची राख्ने मन्त्री चौधरी २०५९ सालमा भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा तीन महिना जेल बसेका थिए। सांसद चौधरी आफूलाई समानताको पक्षधर तथा सामाजिक सद्भाव र एकताको पक्षधरका रुपमा परिचित गराउन चाहन्छन्।

पिछडिएको क्षेत्र, जात र समुदायको पक्षमा उनले निरन्तर वकालत गदै आएका छन्। अधिकार र पहिचानका लागि हुने आन्दोलनमा मन्त्री चौधरीको नेतृत्वदायी भूमिका रहँदै आएको छ। तीन दशक लामो राजनीतिक यात्राका क्रममा उनले दोस्रोपटक सांसद हुने अवसर पाएका छन्।

एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन्। मन्त्री चौधरीले २६ हजार पाँच सय ६३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी शान्ताले २१ हजार चार सय ७९ मत पाएकी छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : २५ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र