पूर्वसञ्चारमन्त्री बस्नेतको राजनीतिक जीवनयात्रा « Khabarhub

पूर्वसञ्चारमन्त्री बस्नेतको राजनीतिक जीवनयात्रा


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराएका छन् ।

विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नं क्षेत्रबाट टिकट दिएको थियो । २ नं क्षेत्रमा पनि उनी भारी मतले विजयी भएका छन् । विकासप्रेमी नेताको छवि बनाएका बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय छन् ।

प्रजातन्त्र पुनःस्थापनाका लागि पटक–पटक गरी उहाँ करिब एक वर्ष जेल बसेका थिए । राजाको प्रत्यक्ष शासनकालमा करिब तीन महिना निर्वासनमा पनि बसेका थिए । करिब दुई दशक कांग्रेसको सिन्धुपाल्चोक सभापति रहेका बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

विसं २०१५ भदौ २७ गते खड्गबहादुर बस्नेत र कोमलमाया बस्नेतको सुपुत्रका रूपमा सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सानोपलातीमा जन्मेका बस्नेत पञ्चायतकालमा विद्यार्थीकालदेखि नै प्रजातन्त्र पुनःस्थापनाका लागि सक्रिय भएका हुन् । राजनीतिसँगै शिक्षण, व्यापार, कृषि र पशुपालनमा पनि सक्रिय उनले प्रवेशिका परीक्षा दिने जिल्लाका धेरै विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था गराएका थिए । बाढीपहिरो, भूकम्प, कोरोना महामारीजस्ता विपत्तिका बेला उनले सक्रिय भएर काम गरेका थिए । विशेषगरी कोरोना महामारीका बेला स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण उपलब्ध गराउन उनले विशेष सक्रियता देखाएका थिए ।

विसं २०५६ को निर्वाचनपछि स्वास्थ्य राज्यमन्त्रीका रूपमा काम गर्दा जिल्लालगायत देशभर स्वास्थ्य पूर्वाधार निर्माणमा उनले महत्वपूर्ण काम गरेका छन् । विसं २०७० को दोस्रो संविधानसभामा निर्वाचित भएपछि उहाँले २०७४ को निर्वाचन गराउने चुनावी सरकारकालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कार्यभार सम्हालेका थिए । बस्नेतले लामो समय संसद्को सार्वजनिक लेखा समिति र राजनैतिक तथा संवैधानिक संवाद समितिमा पनि बसेर काम गरेका छन् ।

यसैक्रममा उनले अमेरिका, जापान, रसिया, बेलायत, फ्रान्स, इटाली, नेदरल्याण्ड, जर्मनी, अष्ट्रिया, स्वीजरल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, चीन, हङकङ, मलेसिया, फिलिपिन्स, भारत, पाकिस्तान, बङ्गलादेश, मकाउ, सिङ्गापुर आदि देशको भ्रमण गरेका छन् । कांग्रेसको केन्द्रीय खेलकुद विभाग प्रमुख भएर पनि उनले काम गरिसकेका छन् । बस्नेतको नेतृत्वमा सत्ता गठबन्धनले जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले एमालेका शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याए । तामाङले यसअघि २०७० र २०७४ मा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ३२ बजे

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन

आज २०८२ साल माघ २५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात