समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५ हजार मतले अगाडि « Khabarhub

समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५ हजार मतले अगाडि


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार शुक्रबार बिहान साढे बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले नेपाली कांग्रेसभन्दा करिब ४५ हजार मतले अगाडि रहेको छ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमालेले समानुपातिकतर्फ सुरुआतदेखि नै अग्रता लिइरहेको छ। यो समाचार तयार पार्दासम्म उसले दश लाख ३३ हजार २२९ मत पाएको छ। कांग्रेसले नौ लाख ८९ हजार एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ८८ हजार छ सय ९७ मतसहित तेस्रो स्थानमा छ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ५२ हजार ६४८ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६२ हजार ९२४ मत पाएको छ।

यो अवधिसम्ममा जनता समाजवादी पार्टीले एक लाख २९ हजार ६३३ मत ल्याएको छ। त्यस्तैगरी जनमत पार्टीले ७७ हजार ३१६, नेकपा (एकीकृत समाजवादी)ले ७३ हजार २३४ र नागरिक उन्मुक्ति पार्टीले ७० हजार ६२० मत पाएको छ।

नेपाल मजदुर किसान पार्टीले ५७ हजार ३४० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५४ हजार ३२५ मत र हाम्रो नेपाली पार्टीले ३१ हजार ९३९ मत पाएको छ। राष्ट्रिय जनमोर्चाले २८ हजार ७८९ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले २० हजार ६५ मत पाएको छ।

नेकपा (माले)ले ११ हजार ४७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ४६ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,