बागलुङमा चार दशमलव ५२ प्रतिशत मत बदर | Khabarhub Khabarhub

बागलुङमा चार दशमलव ५२ प्रतिशत मत बदर


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बागलुङ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागलुङमा ४ दशमलव ५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकोमा अहिले मत बदर सङ्ख्या घटेर ४ दशमलव ५२ प्रतिशतमा झरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हजार सात सय ८९ बदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । भट्टकाअनुसार अझै मत बदर सङ्ख्या घटाउने आयोगको तयारी भए पनि नागरिकको राजनीतिप्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको हो । डा भट्टकाअनुसार स्थानीय तहमा भएको मत बदरभन्दा अहिलेको मत बदर सङ्ख्यामा उल्लेख्य मात्रमा सुधार भएको छ ।

बागलुङको क्षेत्र नं १ मा ५४ हजार सात ११ र क्षेत्र नं दुईमा ५१ हजार एक सय ३५ मत खसेको थियो । बागलुङमा मतदाता सङ्ख्याको हिसाबले ५३ प्रतिशत मत खस्दा चार हजार सात सय ८९ मत बदर भएको छ ।

बागलुङ क्षेत्र नं १ मा ५४ हजार सात सय ११ मत खसेकोमा एक हजार सात सय १४ मत बदर भई ५२ हजार सात सय ८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नं २ मा ५१ हजार एक सय ३५ मत खस्दा तीन हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए ।

“स्थानीय तहको मत बदर सङ्ख्या उल्लेख्य रहेको भन्दै यसपटक निर्वाचन आयोगले वडातहमा मतदाता शिक्षालाई प्रभावकारी बनाएका कारण मत बदर सङ्ख्या घटेको हो”, भट्टले भने, “मतदाता शिक्षाका कारण बदर मत घटे पनि बदरमतलाई अझै तल झार्नुपर्छ ।” सानो मतपत्र, चुनाव चिह्न थोरै र एक मत पत्रमा एक मात्रै चिन्हमा लगाउनुपर्ने भएकाले बदर मत न्यून हुने अनुमान निर्वाचन आयोगको भए पनि बदर मत चार प्रतिशत भएको हो ।

स्थानीय तहको तुलनामा थोरै भए पनि अहिलेको राजनीतिक दलको सक्रिय मतदाता शिक्षा, निर्वाचन आयोगले स्थानीय तहसँग मिलेर गरेको मतदाता शिक्षालगायतको सक्रियता हेर्दा मत बदर दुई प्रतिशतभन्दा थोरैमा लैजाने लक्ष्य भए पनि सोचेजस्तो नभएको हो ।

मतपत्र बदरमा भने एकरुपता नदेखिएको मत गणनामा सहभागी कर्मचारीले बताएका छन् । चुनाव चिह्नभन्दा बाहिर गएर छाप लगाउनु स्वभाविक मत बदर भए पनि सबै चुनाव चिह्नमा छाप लगाउनु, छाप नै नलगाएको मतपत्र खसाल्नुजस्ता बदर मतका उदारण हुन् । बदर मतमध्ये अधिकांश जानीबुझीसमेत मतलाई बदर बनाइएको देखिन्छ भने केही अज्ञानता र शिक्षाको कमीका कारणले मत बदर बनाइएको पाइएको गणनामा बसेका कर्मचारी बताउँछन् ।

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपर्ने पर्दा धेरै मत बदर भएको पाइएको थियो । त्यसैले भूलवश या नजानेर पनि मत बदर हुने सम्भावना धेरै थियो । तर, अहिले मतदान धेरै सजिलो भए पनि मत बदर भएको पाइएको छ ।

एक मत पत्रमा छ वटा चुनाव चिह्न समेतमा छाप लगाएको पाइएको बागलुङ क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । रिजालका अनुसार दूर्गम गाउँसम्म मतदाता शिक्षा नपुगेको र एउटै व्यक्तिले चार मतपत्रमा छुट्टाछुट्टै छाप लगाउनुपर्ने राजनैतिक दलको गठबन्धनका कारण धेरै मत बदर भएको पाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ४६ बजे

‘सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनु हुँदैन’ 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका

शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम

बरहथवा बजारमा आगलागीबाट तीन करोड बराबरको क्षति

रौतहट– सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गरिने छ : प्रधानमन्त्री ओली

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न

नेपाल संवत ११४५ को स्वागत (तस्बिरहरु)

काठमाडौं– नेपाल संवत ११४५ नयाँ वर्षको स्वागतमा नेवार समुदायले बिहान