सरकार गठनका लागि समय नथपे फेरि देउवा नै प्रधानमन्त्री « Khabarhub

सरकार गठनका लागि समय नथपे फेरि देउवा नै प्रधानमन्त्री


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजे सकिँदैछ । संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति भण्डारीले ३ पुसमा एक सातााको समय दिएर प्रतिनिधिसभाका सदस्यलाई बहुमत प्राप्त गरेर प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् ।

तर, हालसम्म कुनै पनि प्रतिनिधिसभा सदस्यले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । सरकार गठनका लागि सत्तारुढ गठबन्धन निरन्तर छलफलमा रहेपनि सहमति जुटाउन सकेका छैनन् ।

दलहरुले बहुमत जुटाएर आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी नगरे राष्ट्रपति भण्डारीले अल्पमतको सरकार गठन गर्नुपर्ने हुन्छ ।

संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दिएको समय दलहरुले गुजारेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका प्रक्रिया थाल्नुपर्ने कानून व्यवसायीहरु बताउँछन् ।

‘आज बेलुका ५ बजेसम्म धारा ७६ (२) अनुसार सरकार गठन नभए राष्ट्रपति भण्डारीले ७६ (३) अनुसार सरकार गठनको प्रक्रिया थाल्नुपर्छ,’ संवैधानिक कानूनविद् डा विपीन अधिकारी बताउँछन् ।

अधिकारीको तर्कसँग वरिष्ठ अधिवक्ताद्वय चन्द्रकान्त ज्ञवाली र उद्धव चौलागाईं सहमत छन् । ‘बेलुका ५ बजेसम्म धारा ७६ (२) अनुसार सरकार गठन भएन भने ७६ (३) अनुसार राष्ट्रपति भण्डारीले सरकार गठनको प्रक्रिया थाल्नुपर्ने संवैधानिक बाध्यता हो,’ वरिष्ठ अधिवक्ताद्वय ज्ञवाली र चौलागाईं बताउँछन् ।

संविधानको धारा ७६को उपधारा ३ अनुसार सरकार गठन भएमा फेरि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । संविधानको धारा ७६ को उपधारा ३ मा लेखिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीन दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल कांग्रेस रहेको छ र कांग्रेसको संसदीय दलको नेता शेरबहादुर देउवा रहेका छन् । जसकारण संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन भएमा देउवा नै प्रधानमन्त्री हुनेछन् । तर, उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ०६ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा