बालेन भन्छन् - राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा | Khabarhub Khabarhub

बालेन भन्छन् – राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि बालेनले सामाजिक संजाल ट्वीटरमा राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा गएको र प्रजा भने सधैँ सास्तीमा रहेको टिप्पणी गरेका हुन् ।

बालेनले लेखेका छन्, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रचण्डको शपथ सोमबार अपरान्ह ४ बजे हुने भएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ३० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस