फाइजर र बायोएनटेकले सुरु गरे ओमिक्रोनविरुद्ध विशेष खोप परीक्षण « Khabarhub

फाइजर र बायोएनटेकले सुरु गरे ओमिक्रोनविरुद्ध विशेष खोप परीक्षण


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फाइजर र बायोएनटेक कम्पनीले ओमिक्रोन–विशेष कोभिड-१९ खोपको परीक्षण सुरु गरेका छन्।

कम्पनीहरूले नयाँ खोपबाट प्राप्त सुरक्षालाई बुस्टर मात्राको रूपमा र खोप नलगाएका व्यक्तिमा तीनवटा छुट्टाछुट्टै मात्रा लगाएर परीक्षण गर्ने योजना बनाएको बीबीसीले उल्लेख गरेको छ।

१४ सय भन्दा धेरै वयस्कलाई परीक्षणमा सहभागी गराइने समाचारमा उल्लेख छ। अमेरिकी कम्पनी मोर्डना, अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले पनि कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोनविरुद्धको नयाँ खोप बनाइरहेका छन्।

खोप विकासकर्ताहरूले जहिले पनि नयाँ भेरियन्टहरू देखा पर्दा तिनीहरूको मूल कोभिड खोपहरू परिमार्जन गर्ने योजना बनाएका थिए। तर, पछिल्लो दुई महिनामा द्रूत रूपमा फैलिएको ओमिक्रोन स्ट्रेनको आगमनले त्यो प्रक्रियालाई छिटो बनाइदिएको छ।

धेरै देशहरूले अब उनीहरूको मौलिक खोपको बुष्टर वा तेस्रो डोज प्रस्ताव गरेका छन्। जसले गम्भीर रोग र मृत्युविरुद्ध राम्रो स्तरको सुरक्षा प्रदान गरेको विज्ञले बताएका छन्।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : १४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क