यातायात कार्यालयद्वारा २९ करोड रुपैयाँ राजस्व सङ्कलन | Khabarhub Khabarhub

यातायात कार्यालयद्वारा २९ करोड रुपैयाँ राजस्व सङ्कलन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८-७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए ।

चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले बताए ।

सो कार्यालयले आव २०७७-७८ को ६ महिनामा रु २० करोड २८ लाख २१ हजार राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : १५ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३