चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान « Khabarhub

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ ।

चितुवामाथि निगरानी राख्नका लागि दुई वटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । ‘चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं’, उनले भने, ‘चितुवा कुन ठाउँबाट बस्ती पस्छ, त्यस बारेमासमेत जानकारी हुन्छ, चितुवाको प्रजाती पत्ता लागेपछि विशेषज्ञ बोलाएर नियन्त्रण गर्न सहज हुन्छ ।’

निकुञ्ज कार्यालयबाट अरु क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उनले बताए । चितुवाले दुई सातादेखि सो नगरपालिकाका वडा नं १ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही संख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ ।

गएराति मात्रै वडा नं १ का हर्के सार्कीका चार गोठमा बाँधेका बाख्रा चितुवाले मारेर नोक्सानी पु¥याएको छ । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, प्रहरी उपरीक्षक, जनप्रतिनिधिलगायतको टोलीले चितुवाले क्षति पु¥याएको क्षेत्रको अवलोकन समेत गरेका छन् ।

‘चितुवाले भविष्यमा एक खालको दुर्घटना निम्त्याउने खतरा रहेको छ’, प्रहरी निरीक्षक बोहराले भने, ‘नियन्त्रण गर्नु बाहेक अर्को विकल्प छैन, त्यसै कुरालाई मध्यनजर गरी स्थानीय बासिन्दालाई सचेत पार्ने कार्य गरेका छौं ।’ प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी विद्यमान साधनस्रोतको प्रयोग गरी चितुवा नियन्त्रणका लागि कार्य अगाडि बढाइने उनको भनाई छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : ३० बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र