पर्याप्त रकम भएका अभिभावका शिशुको दिमागको विकास तीव्रः अध्ययन « Khabarhub

पर्याप्त रकम भएका अभिभावका शिशुको दिमागको विकास तीव्रः अध्ययन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– यो सबैले अनुभव गरेको विषय हो की कुनै पनि अभिावकको आम्दानीको स्रोत पर्याप्त भएमा त्यसबाट सन्तानले पनि फाइदा लिन्छन् । पर्याप्त रकमले शिशुका हरेक आवश्यकता पुरा हुन्छ र उनीहरु केही हदसम्म खुसी हुन्छन् । तर, पछिल्लो एक अध्ययनले अभिभावकको प्रशस्त आम्दानीलाई शिशुको दिमागको विकाससँग जोडेको छ ।

‘गरिबीमा हुर्किएका बालबालिकामा विद्यालयमा उपलब्धी न्यून हुने, पैसा कम हुने र कमजोर स्वास्थ्यको जोखिम देखिन्छ,’ कोलम्बिया युनिभर्सिटीका स्नायु वैज्ञानिक किम्बर्ली नोबल भन्छन् ।

अध्ययनका लागि एक हजारभन्दा न्युन आय भएका आमाहरलाई उनीहरुको शिशु जन्मिने वित्तिकै सहभागी गराइएको थियो । न्युयोर्क सिटी, न्यु ओलिन्स, ओमाहा र सेन्ट पाउलका अभिभावकहरुलाई अध्ययनमा छनौट गरिएको थियो । चार वर्षसम्म बच्चा हुर्काउन उनीहरुमध्ये कसैलाई प्रति महिना ३३३ अमेरिकी डलर र कोहीलाई २० अमेरिकी डलर दिइएको थियो ।

अध्ययनका क्रममा न्युन आय भएका तर बढी रकम पाएका (३३३ डलर) आमाका बच्चाहरुको दिमागको आवृत्ति न्युन रकम पाएका अभिभावको सन्तानको तुनलामा बढी देखिएको थियो । उच्च दिमागको गतिविधिले बच्चाको राम्रो संज्ञानात्मक विकास हुने÷नहुने बारेमा भने थप अध्ययन आवश्यक भएको जनाइएको छ । सो अध्ययन पीएनएएसमा प्रकाशित छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : १५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क