एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने « Khabarhub

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ । नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो ।

पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको सुरुवात पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ । कोभिड १९ को अवस्थाअनुसार तय भएको योजनामा फेरबदल हुन सक्ने र खेल एउटै शहरमा आयोजना गर्न सकिने पनि आयोजकले बताएको छ ।

आगामी संस्करणबाट थपिने तीन टोलीका लागि फेब्रुअरीमा अक्सन गर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसअघि पहिलो संस्करणमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ०० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु