लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी | Khabarhub Khabarhub

लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

लुम्बिनी प्रदेशका तीन सिटका लागि भएको निर्वाचनमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा विजयी भएका हुन् ।

एमालेको तर्फबाट उम्मेदवारी दिएका दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार पराजित भए । गठबन्धनका उम्मेदवारले चार हजार तीन सय ७४ मतभार प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले दुई हजार तीन सय १२ मतभार प्राप्त गरेका छन् । बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह तीन बजे सकिएको थियो ।

आगामी २० फागुनमा १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दीर्घनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल सकिदैछ ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र एक सय नौ स्थानीय तहका प्रमुख र उपप्रमुख दुई सय १५ जना गरी दुई सय ९६ मतदाता थिए ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ५१ बजे

अवैध रूपमा उत्तर प्रदेश पुर्‍याइएका ९५ बालबालिकाको उद्धार

अयोध्या– उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैध रूपमा उत्तरप्रदेश पुर्‍याइएका

‘लगानीकर्ता फजुल खर्च होइन, विवेकशील ढङ्गले लगानी गर्न आउँछन्‌’ : पूर्वगभर्नर क्षेत्री

काठमाडौं – पूर्वगभर्नर एवम्‌ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले

आम जनता र समाजवादी जनएकताबीच एकीकरण

काठमाडौं– आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई