राष्ट्रियसभा चुनावको परिणाम आउन थाल्यो, प्रदेश १ मा राई विजयी | Khabarhub Khabarhub

राष्ट्रियसभा चुनावको परिणाम आउन थाल्यो, प्रदेश १ मा राई विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रियसभाको चुनावअन्तर्गत प्रदेश १ बाट महिलातर्फ सत्तापक्षीय जयन्ती राई विजयी भएकी छन् ।

नेकपा एकीकृत समाजवादीकी उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतभार अन्तरले पराजित गरेकी हुन् । भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए ।

राईले प्रदेश सभाका ५२ जनाको मत पाएकी छन् भने स्थानीय तहका १२२ जनाको मत प्राप्त गरेकी छन् । उनले प्राप्त गरेको कुल मतभार ४ हजार ६ सय ९२ हो ।

एमालेकी भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका १४१ गरी ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी छन् । राई विजयी भए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ५६ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन

आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन

सरकार र सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति

काठमाडौं – सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे

बाबुराम भट्टराईले भने : पुरानाले दलले पालैपालो गणतन्त्रको हुर्मत लिँदै छन्

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाट पारित संवैधानिक परिषद्