भारतले ७३ औँ गणतन्त्र दिवस मनाउँदै « Khabarhub

भारतले ७३ औँ गणतन्त्र दिवस मनाउँदै


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीस्थित राजपथमा भएको गणतन्त्र दिवस परेडमा भारतको सैन्य शक्तिका साथै सांस्कृतिक विरासतको झलक देखाइएको थियो । परेडका क्रममा नारी शक्तिको प्रदर्शन पनि गरिएको थियो ।

परेडमा भारतीय वायुसेनाका ७५ विमानले कला कौशल देखाएका थिए । कोरोना महामारीको असर पनि गणतन्त्र दिवसको परेडमा देखिएको थियो । समारोहमा ५ हजार जना मात्र उपस्थित भएका थिए । प्रधानमन्त्री मोदीले शहीदहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरेका थिए ।

यसैबीच, भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् ।

वृटिश साम्राज्यबाट मुक्त भएर सार्वभौम अधिकारसम्पन्न भारत सरकारले सन् १९५० को जनवरी २६ तारिखमा संविधान जारी गरेको थियो । सोही दिनको सम्झनामा भारतले हरेक वर्ष जनवरी २६ तारिखमा गणतन्त्र दिवस मनाउने गर्दछ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ०३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका