एमालेले गुमायो ७ सिट, कांग्रेसलाई ३ सिट फाइदा « Khabarhub

एमालेले गुमायो ७ सिट, कांग्रेसलाई ३ सिट फाइदा


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो ।

राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई एक–एक सिट थपेका छन् ।

२४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ । सत्तागठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनर्मोचा (राजमो)सँगको प्रतिष्पर्धामा एमालेले सात सिट गुमाएको छ ।

राष्ट्रियसभामा एमालेका ८, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४/४ र कांग्रेसको ३ गरी १९ सांसदले ४ वर्षे अवधि पुगेर बिदा लिएपछि बुधबार निर्वाचन भएको हो ।

कहाँ को-को विजयी
प्रदेश १ मा गठबन्धनभन्दा १४४ मत बढी रहेको एमालेले एक सिटमात्र जित्यो । महिला, खुला र अपांगता भएका वा अल्पसंख्यक गरी तीन क्लस्टरमध्ये अल्पसंख्यक कोटामा एमाले उमेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भए ।

उनले गठबन्धनकोतर्फबाट जसपाका उमेदवार हेमराज राईलाई पराजित गरे । शेर्पाले ४ हजार ७५२ मत ल्याउँदा गठबन्धनका राईले ४ हजार ३६८ मतभार प्राप्त गरेका थिए ।

खुलामा गठबन्धनकै गोपालकुमार बस्नेत निर्वाचित भए । बराबर मत ल्याएका नेपाली कांग्रेसका बस्नेतले एमालेका गुरु बराललाई लक्की ड्रमा पराजित गरे । दुवैले ४ हजार ४८८ मतभार प्राप्त गरे ।

महिलातर्फ (एकीकृत समाजवादी)की उमेदवार जयन्ती राई निर्वाचित भइन् । उनले एमालेको तर्फबाट उमेदवार बनेकी सुमित्रादेवी भण्डारीलाई पराजित गरिन् ।

त्यसैगरी मधेश प्रदेशमा महिलातर्फ गबठन्धनकी उर्मिला अर्याल निर्वाचित भइन । नेकपा माओवादीकी अर्यालले लोसपाकी रूपाकुमारी यादवलाई पराजित गरिन् ।

त्यस्तै खुलातर्फ गठबन्धनका मोहमद खालिद सिद्दिकी विजयी भए । जसपाका खालिदले एमालेका उसमान अन्सारीलाई पराजित गरेका हुन् ।

वागमती प्रदेशमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना निर्वाचित भइन । वागमतीमा गठबन्धन, एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका उमेदवारी चुनावी मैदानमा होमिएका थिए ।

खुलातर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भए ।

गण्डकीमा महिलातर्फ गठबन्धनका उमेदवार कमला पन्त विजयी भइन । पन्तले एमालेकी उमेदवार लीला पोखरेल थनेतलाई पराजित गरिन ।

दलिततर्फ गठबन्धनबाट माओवादीका भुवनबहादुर सुनार र खुलामा माओवादीकै सुरेशकुमार आलेमगर विजयी भए ।

त्यसैगरी लुम्बिनीमा पनि गठबन्धनका उमेदवार नै विजयी भएका छन् । महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मीदेवी गैरे विजयी भइन् । दतिलतर्फ राष्ट्रिय जनमोर्चा (राजमो) का तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

त्यस्तै कांग्रेसका युवराज शर्मा निर्वाचित भएका छन् ।

कर्णालीमा महिलातर्फ कांग्रेसकी दुर्गा गुरुङ तथा अपांगता भएका व्यक्ति तथा अल्पसंख्यकतर्फ माओवादीका नरबहादुर विष्ट विजयी भए ।

सुदूरपश्चिममा दलिततर्फ माओवादी केन्द्रका जगतबहादुर पार्की र खुलामा कांग्रेसका नारायणप्रसाद मिश्र निर्वाचित भए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : १८ बजे

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध