राष्ट्रिय सभा : ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल « Khabarhub

राष्ट्रिय सभा : ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो ।

निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ ।

आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । यति हुँदा पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै कायम रहने छ ।

राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ र जसपाले १ सिट बढाएका छन् भने राष्ट्रिय जनमोर्चाले पनि एक सिट पाएको छ । तर पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै रहेन छ ।

राष्ट्रिय सभामा एमालेका २४ सिट छन् । आजको मतपरिणाम पछि ७ सिट गुमाउँदा पनि एमालेको १७ सिट हुन जान्छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । आजको जितसँगै उसको १५ सिट पुगेको छ भने कांग्रेसको १० सिट पुगेको छ । त्यस्तै, एकीकृत समाजवादीको ८ र जसपाको ३ सिट तथा राजमोको १ सिट हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ४६ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको