खोटाङको जनसंख्या १.५६ प्रतिशतले घट्यो « Khabarhub

खोटाङको जनसंख्या १.५६ प्रतिशतले घट्यो


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- १० वर्षअघिको तुलनामा खोटाङको जनसंख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार खोटाङमा वार्षिक १.५६ प्रतिशतका दरले जनसंख्या घटेको देखिएको हो ।

२०६८ सालको जनगणना अनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा १ लाख ७५ हजार ३४० जनसंख्या देखिएको तथ्याङ्क विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

जनसंख्याको प्रारम्भिक नतिजामध्ये जिल्लामा पुरुष ८६ हजार ५२१ र महिला ८८ हजार ८१९ जना छन् । यस्तै, जनगणना घर संख्या ४० हजार ३९२ र परिवार संख्या २१ हजार १०४ रहेको विभागले जनाएको छ । जिल्लामा परिवारको औषत आकार ४.१६ र जनघनत्व ११० रहेको उल्लेख छ ।

कुन पालिकामा कति जनसंख्य ?

खोटाङका स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम जनसंख्या साकेला गाउँपालिकामा देखिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४३ हजार २९५, हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार २७४, खोटेहाङ गाउँपालिकामा १६ हजार ९५२, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १६ हजार ५४९, ऐसेलुखर्क गाउँपालिकामा १३ हजार ५८१ जनसंख्या रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिमामा १३ हजार ३३९, जन्तेढुंगा गाउँपालिकामा १२ हजार ६६ जना, बराहपोखरी गाउँपालिकामा ११ हजार ४१६, रावाबेँसी गाउँपालिकामा ११ हजार २१८ र साकेला गाउँपालिकामा ९ हजार ३०७ रहेको विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

१२ औं जनगणनाका क्रममा खोटाङमा गत ३० भदौदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरण र २५ कात्तिकदेखि ९ मंसिरसम्म मूख्य गणनाका गरिएको थियो । मूख्य गणनाका क्रममा जिल्लामा २९० गणक खटाइएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ०८ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक