अनमोल भन्छन्, ‘नेपाली दर्शक र फ्यानप्रति विश्वस्त छु’ « Khabarhub

अनमोल भन्छन्, ‘नेपाली दर्शक र फ्यानप्रति विश्वस्त छु’


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताएका छन् ।

प्रदर्शनको क्रममा रहेको केसी अभिनीत फिल्म हेरेर कुनै पनि युवाले नाक खुम्च्याउनु नपर्ने उनले बताए । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले नेपाली फिल्म स्तरीय बनिरहेको प्रतिक्रिया दिए । ‘तपाईँहरूलाई कुन फिल्म हेर्ने र कुन नहेर्ने अधिकार गर्ने निर्णय छ । तर, तपाईँहरूको साथबिना हाम्रो नेपाली फिल्म कसरी अगाडि बढ्छ ? नेपाली फिल्म राम्रो बने ताली दिने र नराम्रो बने सुझाव दिने दायित्व पनि तपाईँको हो’ अनमोलले भने ।

उनले आफूलाई स्टारडमभन्दा पनि नेपाली दर्शकप्रति विश्वास रहेको प्रतिक्रिया दिए । ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्मसँग कडा प्रतिष्पर्धा गर्ने तयारी गरिरहँदा उनी फ्यानले साथ दिनेमा विश्वत देखिए । ‘नेपालमा नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाइ यो स्थानसम्म पु¥याउने फ्यानप्रति पूर्ण विश्वस्त छु । उहाँहरूको साथले हामी अवश्य सफल हुनेछौँ’ अनमोलले भने ।

अनमोल झैँ निर्माता सुनिलकुमार थापाले पनि नेपाली दर्शकको प्राथमिकतामा नेपाली फिल्म नै पर्ने विश्वास व्यक्त गरे । ’हामी विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्दैछौँ । तर, हामीले मैदानभित्र बराबर खेलाडी पाएर खेल्न पाउनुपर्छ । हामीलाई खेल मैदान बाहिर राखेर वा कम खेलाडीका साथ खेल भन्न पाइँदैन’ सुनिलले भने ।

उनले नेपाली फिल्मलाई दर्शकसम्म पुर्‍याउन वितरक र प्रदर्शकको साथ चाहिने बताए । ’उहाँहरूले यो ब्यानर र सिरिजले गरेको व्यापारको आधारमा दिने शोमा हामीलाई पूर्ण विश्वास छ । आखिर हामी नेपालमा छौँ । विदेशी भूमिमा फिल्म चलाउन लागेका हौँ र धेरै सोच्नलाई’ उनले भने ।

निर्देशक झरना थापाले पनि स्तरीय फिल्म बनाउने कोशिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौँ भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्म माझ प्रतिष्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

‘ए मेरो हजुर’ कै सिरिज मार्फत् अभिनेत्रीमा डेब्यु गरेकी सुहाना थापाले फिल्म राम्रो बनेको भन्दै धेरै नबोल्ने बताइन् । ‘म धेरै बोल्दिनँ । किनकी अब काम बोल्छ । तर, कामको मूल्यांकन गर्ने अवसर वा तारतम्य मिलाउने दायित्व प्रदर्शक र वितरकको हो’ उनले भनिन् । फिल्मको सार्वजनिक ट्रेलर अनमोल र सुहानाको प्रेम, कमेडी र बिछोड केन्द्रित छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा संजय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : ४१ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती