चिनियाँ विदेशमन्त्रीको औपचारिक भेटवार्ता : यस्तो छ कार्यतालिका « Khabarhub

चिनियाँ विदेशमन्त्रीको औपचारिक भेटवार्ता : यस्तो छ कार्यतालिका


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौँ आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन्।

विदेशमन्त्री वाङको भ्रमणलाई कम महत्व दिएको सरकारले स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याललाई मात्र पठायो। सँगै उनको स्वागतका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा पुगेका थिए

विदेशमन्त्री वाङ पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन्।

वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

विदेशमन्त्री वाङले नेपालका समकक्षी नारायण खड्कासँग वार्ता गर्नेछन्। परारष्ट्रमन्त्री खड्कासँगको भेटपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्।

भ्रमणको अन्तिम दिन आइतबार वाङको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ। चिनियाँ विदेशमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ। विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

भ्रमण तालिका
शनिबार
–शनिबार बिहान ६ बजे शिवपुरी हाइकिङ,

–दिउँसो ३ बजेपछि वाङ र परराष्ट्रमन्त्री खड्काबीच प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै वार्ता,

–पौन चार बजेदेखि चिनियाँ र नेपाली प्रतिनिधिमण्डलको छलफल,

–छलफलपछि केही सम्झौतामा हस्ताक्षर,

–साँझ पौने ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेटवार्ता, आधा घण्टा कुराकानी।

–प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा एकसाथ हुनेछ,

–शनिबार साँझ साढे ७ बजे होटल द्वारिकाजमा रात्रिभोज,

आइतबार

–राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार बिहान १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता,

–एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हायातमा भेटवार्ता आइतबार हुनेछ।

–आइतबार बिहान ११ बजेपछि ओलीसँगको भेट,

–आइतबार पौने १२ बजेपछि प्रचण्डसँग होटल हायातमा भेट र

-चिनियाँ विशेष विमानबाट आइतबार दिउँसो ३ बजे स्वदेश फिर्ता।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : १४ बजे

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज