सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा निर्वाचित « Khabarhub

सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा निर्वाचित


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छन् ।

शुक्रबार राति सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत मात्रै प्राप्त गरिन् । अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हो ।

उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गर्दा महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई हराइन् । सचिवमा दुर्गाले पवनवर्षा शाहलाई र कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पछारेकी हुन्।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन्। सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : ३६ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि