सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा निर्वाचित « Khabarhub

सञ्चारिका समूहको अध्यक्षमा तुम्खेवा निर्वाचित


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छन् ।

शुक्रबार राति सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत मात्रै प्राप्त गरिन् । अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हो ।

उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गर्दा महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई हराइन् । सचिवमा दुर्गाले पवनवर्षा शाहलाई र कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पछारेकी हुन्।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन्। सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : ३६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र