अप्रिलमा विवाह गर्दै रनबीर-आलिया  « Khabarhub

अप्रिलमा विवाह गर्दै रनबीर-आलिया 


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रनबीर कपूर र आलिया भट्टबीचको प्रेम सम्बन्धका बारेमा अब लुकेको केही छैन । यी दुईले आफ्नो प्रेमलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन्।

आलियाले रणवीरसँग २०१९ मा विवाह गर्ने खुलासा गरेकी थिइन् तर त्यति बेला रनबीरका पिता ऋषि कपूरको स्वास्थ्य बिग्रिएको भन्दै टारिएको थियो। कोरोना महामारीमै अभिनेता ऋषि कपूरको निधनले विवाहको मिति सरेको थियो ।

अब आगामी अप्रिलमा विवाह गर्ने चर्चा बि–टाउनमा बढ्दो छ । इन्डिया टुडेले एक रिपोर्टमा रनबीर र आलियाको विवाहको तयारी चलिरहेको उल्लेख गरेको छ । रनबीरकी आमा नीतु कपूर डिजाइनर मनिष मलहोत्राको स्टोरमा स्पट भएपछि चर्चा झनै चुलिएको हो । नीतुकै घरमा पनि मनिष पुगेका थिए । रनबीर र आलियाले विवाहको बारेमा नखोले पनि भारतीय मिडियामा भने विवाहको चर्चा बढ्दो छ ।

यी दुईको प्रेमको सुरुवात भएको आयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ को केहि छायांकन अझै भइरहेको छ । यसमा पहिलोपटक स्क्रिन सेयर गर्ने क्रममा रनबीर र आलिया नजिकिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : ५२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र