अप्रिलमा विवाह गर्दै रनबीर-आलिया  « Khabarhub

अप्रिलमा विवाह गर्दै रनबीर-आलिया 


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रनबीर कपूर र आलिया भट्टबीचको प्रेम सम्बन्धका बारेमा अब लुकेको केही छैन । यी दुईले आफ्नो प्रेमलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन्।

आलियाले रणवीरसँग २०१९ मा विवाह गर्ने खुलासा गरेकी थिइन् तर त्यति बेला रनबीरका पिता ऋषि कपूरको स्वास्थ्य बिग्रिएको भन्दै टारिएको थियो। कोरोना महामारीमै अभिनेता ऋषि कपूरको निधनले विवाहको मिति सरेको थियो ।

अब आगामी अप्रिलमा विवाह गर्ने चर्चा बि–टाउनमा बढ्दो छ । इन्डिया टुडेले एक रिपोर्टमा रनबीर र आलियाको विवाहको तयारी चलिरहेको उल्लेख गरेको छ । रनबीरकी आमा नीतु कपूर डिजाइनर मनिष मलहोत्राको स्टोरमा स्पट भएपछि चर्चा झनै चुलिएको हो । नीतुकै घरमा पनि मनिष पुगेका थिए । रनबीर र आलियाले विवाहको बारेमा नखोले पनि भारतीय मिडियामा भने विवाहको चर्चा बढ्दो छ ।

यी दुईको प्रेमको सुरुवात भएको आयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ को केहि छायांकन अझै भइरहेको छ । यसमा पहिलोपटक स्क्रिन सेयर गर्ने क्रममा रनबीर र आलिया नजिकिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : ५२ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल