दीपेन्द्रको पहिलो शतकसँगै पीएनजीलाई २ सय ७९ रनको लक्ष्य प्रस्तुत « Khabarhub

दीपेन्द्रको पहिलो शतकसँगै पीएनजीलाई २ सय ७९ रनको लक्ष्य प्रस्तुत


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलअन्तर्गत नेपालले पपुवा न्यु गिनी पीएनजीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ५, देव खनालले ७२, रोहित पौडेलले ३५, भीम शार्की २६ र कप्तान सन्दीप लामिछानेले नटआउट २४ रन जोडे ।

यस्तै, अनिल शाहको १, आरिफ शेखले ४, सोम्पाल कमीले नटआउट ३ र अनिल शाहले १ रन जोडे । कुशल भूर्तेल र पवन शरफ भने शून्य रनमा आउट भए ।

दीपेन्द्रले १ सय ४० बलमा ७ चौंका सहित १ सय ५ रनको योगदान गरे । यो नेपालको लागि दीपेन्द्रको पहिलो शतक हो ।

यससँगै एक दिवसीय सिरिजमा नेपालका लागि अन्तर्राष्ट्रिय शतक पुरा गर्ने दीपेन्द्र तेस्रो क्रिकेटर बनेका छन् ।

देवले ८६ बलमा ३ छक्का र ४ चौंका प्रहार गर्दैँ ७२ रनको योगदान गरे । नेपालको लागि देवको यो पहिलो अर्धशतक हो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १ : ३३ बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा