नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने « Khabarhub

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ ।

१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो ।

यही चैत २५ देखि वैशाख १८  सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ ।

टाइफाइड तथा म्यादे ज्वरो ज्यानै जाने जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्छ ।

यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए पनि विशेष गरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ ।

अबदेखि जन्मेको १५ महिनापछि दादुरा रुबेलासँगै टाइफाइडविरुद्धको खोप पनि लगाइने छ। सरकारले राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप कार्यक्रममा राखेको छ ।

टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउने, खाना खानुअघि र दिसापिसाव गरेपछि, खाना बनाउनु वा छुनुअघि, बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले मिचिमिच हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

यस्ता व्यक्तिले खोप लगाउनु हुँदैन
यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेका वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लिनु हुँदैन् । साथै हालै मात्र उच्च ज्वरो आएको वा सिकिस्त भएको अवस्थामा पनि खोप लगाउन नहुने चिकित्सकको भनाइ छ । तर, बिरामी ठिक भइसकेपछि भने खोप लिन सकिनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १ : ४४ बजे

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण