अक्षयले स्वीकारे ‘बच्चन पाण्डे’ को असफलता « Khabarhub

अक्षयले स्वीकारे ‘बच्चन पाण्डे’ को असफलता


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– ‘द कश्मीर फाइल्स’ ले राम्रो व्यापार गरिरहेको छ । यसको प्रभाव भने अक्षयकुमारको फिल्म ‘बच्चन पाण्डे’ मा परेको छ ।

‘द कश्मीर फाइल्स’ को कुरा गर्ने हो भने यो फिल्मले पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता दुई सय करोड आँकडा पार गरिसकेको छ ।

यो व्यापार हिन्दी भाषामा मात्र गरेको छ । यो रफ्तारले फिल्मको व्यापार तीन सय करोड आसपासमा हुने अनुमान भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरूले गरेका छन् ।

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ ।

‘द कश्मीर फाइल्स’ राम्रो आम्दानी गरिरहेको छ भने यसको सिधा प्रभाव फिल्म ‘बच्चन पाण्डे’ मा परेको छ । फिल्मले एक सातामा मात्र ५० करोडको हाराहारीमा व्यापार गर्न सफल भएको छ ।

फिल्म असफल भएको अक्षय स्वयमले स्वीकारे । भोपालमा भएको एक इभेन्टमा अक्षयले निर्देशक विवेक अग्नीहोत्रीको कामको निकै प्रसंसा गरे । ‘द कश्मीर फाइल्स’ ले हाम्रो देशको तितो यथार्थलाई बाहिर ल्याएको छ । यो एउटा बहसको विषय हो ।

फिल्मलाई दर्शकले हेरे र हेर्नु पर्ने पनि थियो’ अक्षयले भने । उनले ‘द कश्मीर फाइल्स’ले आफ्नो फिल्मलाई समेत डुबाएको स्वीकारे ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ४१ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य