युक्रेनी नाट्यशालामा रुसी सेनाको हवाई हमलामा ३ सय जनाको मृत्यु « Khabarhub

युक्रेनी नाट्यशालामा रुसी सेनाको हवाई हमलामा ३ सय जनाको मृत्यु


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साता रुसले नाट्यशालामा गरेको हमलामा ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । गत मार्च १६ मा रुसले दक्षिणी शहर मारिउपोलमा रहेको नाट्यशालामा हमला गरेको थियो ।

युद्धबाट जोगिन मानिसहरु शरण लिइरहेका बेला नाट्यशालामा हमला गरिएको युक्रेनी अधिकारीले बताउँदै आएका छन् । घेराबन्दीमा परेको मारिउपोल शहरका अधिकारीले यस्तो हताहतिको विवरण दिएका हुन् ।

‘प्रत्यक्षदर्शीले दिएको विवरणअनुसार रुसी लडाकु विमानमार्फत् मारिउपोलको नाट्यशालामा गराइएको बम आक्रमणमा ३ सय जनाको मृत्यु भएको छ ।’ मारिउपोलको नगरपरिषद्ले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

‘अन्तिम समयसम्म कसैले पनि यो भयानक घटनाको विश्वास गर्न मान्दैन ।’ विज्ञप्तिमा भनिएको छ, तर आक्रमणका बेला नाट्यशालाको भवनभित्र रहेका मानिसहरुको बयानले हताहती पुष्टि गरेको नगर परिषद्को दाबी छ ।

यदि पुष्टि भएको खण्डमा एक महिना लामो रुसी आक्रमणका क्रममा एकै पटकमा यो सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ४ : २८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र