युक्रेनी नाट्यशालामा रुसी सेनाको हवाई हमलामा ३ सय जनाको मृत्यु « Khabarhub

युक्रेनी नाट्यशालामा रुसी सेनाको हवाई हमलामा ३ सय जनाको मृत्यु


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साता रुसले नाट्यशालामा गरेको हमलामा ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । गत मार्च १६ मा रुसले दक्षिणी शहर मारिउपोलमा रहेको नाट्यशालामा हमला गरेको थियो ।

युद्धबाट जोगिन मानिसहरु शरण लिइरहेका बेला नाट्यशालामा हमला गरिएको युक्रेनी अधिकारीले बताउँदै आएका छन् । घेराबन्दीमा परेको मारिउपोल शहरका अधिकारीले यस्तो हताहतिको विवरण दिएका हुन् ।

‘प्रत्यक्षदर्शीले दिएको विवरणअनुसार रुसी लडाकु विमानमार्फत् मारिउपोलको नाट्यशालामा गराइएको बम आक्रमणमा ३ सय जनाको मृत्यु भएको छ ।’ मारिउपोलको नगरपरिषद्ले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

‘अन्तिम समयसम्म कसैले पनि यो भयानक घटनाको विश्वास गर्न मान्दैन ।’ विज्ञप्तिमा भनिएको छ, तर आक्रमणका बेला नाट्यशालाको भवनभित्र रहेका मानिसहरुको बयानले हताहती पुष्टि गरेको नगर परिषद्को दाबी छ ।

यदि पुष्टि भएको खण्डमा एक महिना लामो रुसी आक्रमणका क्रममा एकै पटकमा यो सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ४ : २८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस