‘केपी बा आइ लभ यु’ भनेर कम्युनिष्ट पार्टी चन्दैन: अध्यक्ष नेपाल « Khabarhub

‘केपी बा आइ लभ यु’ भनेर कम्युनिष्ट पार्टी चन्दैन: अध्यक्ष नेपाल


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् ।

केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सृजना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए ।

‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन । कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ।’

नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुँलोमा पार्ने बताए ।

केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : २९ बजे

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया