ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ धामीगाडामा शनिबार बिहान १० बजेतिर ट्याक्टर दुर्घटनामा परेको छ ।

सडकको काम गरिरहेको कन्स्ट्रक्सनको ट्याक्टर दुर्घटनामा परेको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

पारस ओडले चलाइरहेको से१त ५४९६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ट्याक्टरमा सवार बासुदेब जोशी घाइते भएका छन् ।

दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएका जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । चालक ओड प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रमुख विश्वकर्माले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : ०९ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा