मुख्यमन्त्री पोखरेलद्वारा मन्दिर र विद्यालयको नवनिर्मित भवनको उद्घाटन « Khabarhub

मुख्यमन्त्री पोखरेलद्वारा मन्दिर र विद्यालयको नवनिर्मित भवनको उद्घाटन


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा पुनःनिर्माण सम्पन्न भएको अकलादेवी मन्दिरको आज उद्घाटन गरेका छन् ।

अकलादेवी मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरेको मन्दिरको उनले उद्घाटन गरेका हुन्। सोअवसरमा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनले गण्डकी प्रदेशको समृद्धिमा योगदान दिन सक्ने बताए । प्रदेशभित्र रहेका धार्मिकस्थलको प्रवद्र्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

जगतगुरु शङ्कराचार्य, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला लगायतले अकलादेवी मन्दिरको धार्मिक महत्वबारे प्रकाश पारे। सो अवसरमा मुख्यमन्त्री पोखरेलले मन्दिरमा पूजाअर्चना समेत गरे।

विसं २०७६ वैशाख १६ गतेदेखि पुनःनिर्माण थालिएको मन्दिरको काम हालै सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिए। रु ८० लाखको लागतमा मन्दिर निर्माण भएको छ । मन्दिरमा तामाको छानो राखिएको छ । छानो राख्नका लागि मात्रै रु १२ लाख भन्दा बढी खर्च भएको घिमिरेले बताए । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणको कामलाई पनि सुरु गरिएको छ । यहाँ शिवालय मन्दिर, मूल प्रवेशद्वार, वनभोजस्थल, हरित उद्यान, भजनकिर्तनको भवनका पूर्वाधार बनेका छन् ।

गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका लगायतको सहयोगमा यहाँ पूर्वाधार निर्माणको काम गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राधिका पन्तले बताए । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजना बमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको बताइएको छ । मन्दिर पुनःनिर्माणका लागि समितिले महायज्ञ गरेर रु एक करोड सङ्कलन गरेको थियो ।

मुख्यमन्त्री पोखरेलले आजै म्याग्दे–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे। योङ लिभिङ फाउण्डेशनमा निर्माण सम्पनन दुई भवनको मुख्यमन्त्री उनले उद्घाटन गरेका हुन्।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : २६ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा