शाहरुखले देखाए ‘पठान’ लुक्स « Khabarhub

शाहरुखले देखाए ‘पठान’ लुक्स


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– पछिल्लो समय अभिनेता शाहरुख खान खान ‘पठान’ को काममा व्यस्त छन् ।

‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् ।

एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाइनेछ। फिल्ममा सलमान खान पनि देखिनेछन् ।

उनी फिल्ममा टाइगर अर्थात् अविनास सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । केही समय अगाडि मात्र डेट एनाउन्स गर्दा सार्वजनिक गरेको फिल्मको झलकले चर्चा पाइरहेकै बीचमा शाहरुखको ’पठान’लुक्स आउट भएको छ ।

डेट एनाउन्स गरिएको भिडियोमा समेत नदेखिएका शाहरुख स्वयम्ले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्,’शाहरुख रोकिए पनि पठानलाई कसरी रोक्छौँ ? एप्स र एब्स सबै बनाउँछु ।’ शाहरुखले आफ्नो शरीरमा एक्सन फिल्मका लागि ल्याएको परिवर्तन सहजै देख्न सकिन्छ । शाहरुखलाई फिट देखेपछि उनका फ्यान झनै उत्साहित छन् । तस्बिरमा कमेन्ट गर्दै ‘शाहरुख इज ब्याक’ भन्दै लेखिरहेका छन् ।

यशराज फिल्म्सको ब्यानरमा निर्मित फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरिरहेका छन् । यशराजको स्पाइ युनिभर्स क्रिएट गर्ने नीति अनुसार निर्देशक सिद्धार्थले पठानको कथा ‘टाइगर ३’ मा निरन्तरता पाउने गरि फिल्म तयार गरिरहेका छन् ।

‘स्पाइ युनिभर्स’ मा शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक यस खबरले निकै खुसी छन् । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाको फाइदा प्रष्ट्याएपछि बलिउडमा पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिसकेका छन् । उनको फिल्म सिंघम, सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याए ।

यी फिल्महरूको सफलता र दर्शक माझ क्रेज बढ्दो पाएको बलिउडको ठुलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने तयारी गरेको हो ।

टाइगर सिरिज र वारको सफलतापछि यतिबेला यशराज फिल्म्सका आदित्य चोपडाले निर्माण गरिरहेको ‘पठान’ फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । आउँदो समयमा टाइगर , पठान र वार एकआपसमा जोडिएर आउनेछन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको