शाहरुखले देखाए 'पठान' लुक्स | Khabarhub Khabarhub

शाहरुखले देखाए ‘पठान’ लुक्स


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– पछिल्लो समय अभिनेता शाहरुख खान खान ‘पठान’ को काममा व्यस्त छन् ।

‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् ।

एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाइनेछ। फिल्ममा सलमान खान पनि देखिनेछन् ।

उनी फिल्ममा टाइगर अर्थात् अविनास सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । केही समय अगाडि मात्र डेट एनाउन्स गर्दा सार्वजनिक गरेको फिल्मको झलकले चर्चा पाइरहेकै बीचमा शाहरुखको ’पठान’लुक्स आउट भएको छ ।

डेट एनाउन्स गरिएको भिडियोमा समेत नदेखिएका शाहरुख स्वयम्ले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्,’शाहरुख रोकिए पनि पठानलाई कसरी रोक्छौँ ? एप्सएब्स सबै बनाउँछु ।’ शाहरुखले आफ्नो शरीरमा एक्सन फिल्मका लागि ल्याएको परिवर्तन सहजै देख्न सकिन्छ । शाहरुखलाई फिट देखेपछि उनका फ्यान झनै उत्साहित छन् । तस्बिरमा कमेन्ट गर्दै ‘शाहरुख इज ब्याक’ भन्दै लेखिरहेका छन् ।

यशराज फिल्म्सको ब्यानरमा निर्मित फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरिरहेका छन् । यशराजको स्पाइ युनिभर्स क्रिएट गर्ने नीति अनुसार निर्देशक सिद्धार्थले पठानको कथा ‘टाइगर ३’ मा निरन्तरता पाउने गरि फिल्म तयार गरिरहेका छन् ।

‘स्पाइ युनिभर्स’ मा शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक यस खबरले निकै खुसी छन् । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाको फाइदा प्रष्ट्याएपछि बलिउडमा पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिसकेका छन् । उनको फिल्म सिंघम, सिम्बासूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याए ।

यी फिल्महरूको सफलता र दर्शक माझ क्रेज बढ्दो पाएको बलिउडको ठुलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने तयारी गरेको हो ।

टाइगर सिरिज र वारको सफलतापछि यतिबेला यशराज फिल्म्सका आदित्य चोपडाले निर्माण गरिरहेको ‘पठान’ फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । आउँदो समयमा टाइगर , पठान र वार एकआपसमा जोडिएर आउनेछन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ५० बजे

कैलालीमा आलु उत्पादन वृद्धि

कैलाली– गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ

अदालतभित्र सिरोहियाको बयान, बाहिर धकेलाधकेल

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

प्रधानमन्त्रीको जवाफ- सिरोहियासँग कुनै रिसइबी छैन, अदालती प्रक्रियाबाट सजिलै छुट्छन्

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइबी

सिरोहियालाई बयानका लागि लगियो धनुषा अदालत

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

सिरोहियाकाे रिहाइ माग गर्दै जनकपुरमा धर्ना (तस्बिरहरू ) 

काठमाडौं– कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाकाे रिहाइकाे माग गर्दै