नारीलाई संवेदनाको प्रतिक मात्र होइन, दया र क्षमाकी खानी मानिन्छ। २० वर्ष अगाडि रुवान्डा नरसंहारमा आफ्नो श्रीमान्को हत्या गर्नेकी छोरीसँग आफ्नो छोराको विवाह गरिदिएर एक महिलाले प्रेम र क्षमाको एक उदाहरण प्रस्तुत गरेकी छन्।
सन् १९९४ मा भएको १ सय दिनको उक्त नरसंहारमा ८ लाखको ज्यान गएको थियो। त्यसरी ज्यान गुमाउने ८ लाख मध्ये बर्नाडेट मुकाबेराका श्रीमान् पनि थिए। ‘के भएको थियो भन्ने कुरामा हामीले केही पनि गर्न सकेनौ। अहिले उनीहरू एक आपसमा प्रेम गर्छन्। हामीले उनीहरूलाई प्रेम गर्न रोक्न हुँदैन,’ बर्नाडेटले भनिन्।
सन् १९९४ मा भएको १ सय दिनको नरसंहारमा ८ लाखको ज्यान गएको थियो। त्यसरी ज्यान गुमाउने ८ लाख मध्ये बर्नाडेट मुकाबेराका श्रीमान् पनि थिए।
उनी र उनका श्रीमान् काबेरा भाडेट्से तुत्सी समुदायका हुन्। ६ अप्रिल १९९४ मा रुवान्डाका आदिवासी हुटु समुदायका राष्ट्रपतिले यात्रा गरिरहेकै विमानबाट खसालिएपछि तुत्सीमाथि लक्षित गरेर नरसंहार भएको थियो। त्यसै समयमा घृणामा उत्रिएका हुटुले देशभर नै आफ्ना छिमेकका रहेमा तुत्सी समुदायका व्यक्तिलाई छानीछानी मारेका थिए।
यसरी आक्रमणमा उत्रने मध्यका एक ग्राटीयन नेमेनी पनि थिए। उनीहरूको परिवार पश्चिमी रुवान्डाको मुसाखा क्षेत्रमा बसोबास गर्थे। उनीहरू पनि किसानी गर्थे। ग्राटीयनलाई पनि समुदायको अदालत ठानिने गासाकामा लगियो। नरसंहारमा संलग्न भएको आशङ्कामा उनको पनि सुनुवाइ भएको थियो। त्यहाँ दुवै पक्षको बयान सुनेर अन्तिम फैसला हुने गरेको थियो।
बाबुको हत्या हुँदा उनी १४ वर्षका मात्र थिए।त्यो घटना हुँदा ग्राटीयनकी छोरी यान्कुर्जे डोनाटा ९ वर्षकी मात्र थिइन्।
सन् २००४ मा ग्राटीयनले बर्नाडेटसँग आफूले कसरी उनको श्रीमानलाई मारेको भनेर भने। साथै उनले यसमा माफी पनि मागे। योसँगै बर्नाडेटको मन पग्लियो र माफीको चाहना राखिन्। बर्नाडेटको यसै चाहनाका कारण ग्राटीयनको जेल सजाय १९ वर्षबाट घटेर दुई वर्षमा झरेको थियो। सार्वजनिक माफी माग्नु अगाडिसम्म उनी १० वर्ष हिरासतमा थिए। उनको परिवारले १० वर्षसम्म बर्नाडेट र उनका छोरा अल्फ्रेडसँग सुमधुर सम्बन्ध बनाउने प्रयासमा लाग्यो। बाबुको हत्या हुँदा उनी १४ वर्षका मात्र थिए।
त्यो घटना हुँदा ग्राटीयनकी छोरी यान्कुर्जे डोनाटा ९ वर्षकी मात्र थिइन्। उनी बर्नाडेटको घरमा जाने र त्यस घरको काम सघाउन थालिन्। ‘म उनको घरमा गएर काममा सघाउन थालेँ। किनभने उनको साथमा कोही पनि थिएनन्। मेरा बाबुले उनको श्रीमानको हत्या गरेपछि त्यस घरमा छिमेकका कोही पनि जाँदैन थिए’, डोनाटाले भनिन्, ‘विस्तारै अल्फ्रेड मसँग प्रेममा बाँधिएको महसुस हुन थाल्यो। मैले विस्तारै उनलाई सहयोग गर्न थालेँ।’
तीनको समझदारीबाट बर्नाडेट समझदारीमा आइन्। ‘आफ्नो बाबुले नै उनकाश्रीमानको हत्या गरेको थाहा भएर पनि तीनले बारम्बार सहयोग गरिन्। तीनलाई थाहा थियो कि मेरो छोरा स्कुलमा बोर्डर भएका कारण मेरो कोही सहयोगी थिएनन्’, बर्नाडेटले भनिन्,‘मैले उनको हृदय र मायालाई बुझेँ। यस कारण मलाई उनी नै बुहारी बनाउन मन लाग्यो’, बर्नाडेटले त्यस विवाहको बारेमा थप बताइन्।
‘मैले उनको हृदय र मायालाई बुझेँ। यस कारण मलाई उनी नै बुहारी बनाउन मन लाग्यो ।’
उनीहरुको विवाह हुने कुरामा सबैभन्दा बढी शङ्का ग्राटीयनलाई थियो। त्यस दुखद नियतिको सामना गरेको परिवारले कसरी उनकी छोरीलाई स्वीकारछ भन्ने उनलाई लागेको थियो। बर्नाडेटले त्यस घटनामा यान्कुर्जे निर्दोष भएको र बाबुले गरेको गल्तीको जिम्मेवार छोरी नहुने ठहर गर्दै आफ्नो बुहारी बनाउने चाहनालाई प्रस्ट राखेकी थिइन्।
‘मलाई राम्रोसँग बुझेकी कारण नै उनी मेरी बुहारी हुन सबैभन्दा उपयुक्त हुन् भन्ने मलाई लाग्यो,’ बर्नाडेटको कथन छ। सन् २००८ मा स्थानीय क्याथोलीक चर्चमा त्यस जोडीको विवाह भएको हो। त्यहाँका सम्प्रदायलाई सङ्गठित गर्नका लागि उक्त चर्च एउटा केन्द्र बनेको छ। फादर नाबोका थीयोगेनले मेलमिलाप नीतिलाई अन्तिम रूप दिने गरेका छन्। यस्तै खालको सहमति र मेलमिलापका लागि अन्य थुप्रै समुदायका व्यक्ति पनि त्यहाँ आउने गरेका छन्।
सन् २००८ मा स्थानीय क्याथोलीक चर्चमा त्यस जोडीको विवाह भएको हो। त्यहाँका सम्प्रदायलाई सङ्गठित गर्नका लागि उक्त चर्च एउटा केन्द्र बनेको छ।
चर्चले मिलेर बस्नुको विकल्प मानिसको जिन्दगीमा नभएको कुरामा मानिसलाई राम्रोसँग बुझाउने प्रयास गर्छ। नरसंहारमा संलग्न हुने पीडित पक्षसँग मेलमिलाप नगरी त्यहाँ केही पनि विषयमा उपस्थित हुन सक्दैनन्।
अन्तिम मेलमिलाप सार्वजनिक रूपमा हुन्छ। जहाँ पीडित र पिडक एक ठाउँमा उभिन्छन्। पीडितले हात उठाएपछि यसलाई माफीको सङ्केत मानिन्छ। अहिले मुसाखामा मानिसहरू जन्मिएर २८ वर्ष अगाडिको त्यो दर्दनाक घटनाको संस्मरण गरेका छन् । त्यस घटनामा प्रमुख पिडक ग्राटीयन मरिसकेका छन्।
अन्य जीवित सबैले एक आपसमा दया, प्रेम र सहयोगको भावना विनाको जीवन व्यर्थ हो भन्ने महसुस गरेका छन्। ‘म मेरो बुहारीलाई अत्यन्त धेरै माया गर्छु। मेरो श्रीमानको हत्यापछि उनी सहयोगीका रूपमा नआएको भए मेरो जीवन अझै कत्ति धेरै कष्टकर हुन्थ्यो भन्ने म सम्झना पनि गर्न सक्दिन’, उनी सम्झना गर्छिन्।
रुवान्डामा ८५ प्रतिशत हुत्सु समुदाय छन्। तर, अल्पसङ्ख्यक तुत्सी समुदायले लामो समयदेखि शासन गर्दै आएको थियो। सन् १९५९ मा हुत्सी समुदायले त्यहाँका राजालाई मात्र फालेनन्, हजारौँ जना युगान्डा लगायत छिमेकी दशेमा शरण लिन पुगेका थिए।
‘म मेरो बुहारीलाई अत्यन्त धेरै माया गर्छु। मेरो श्रीमानको हत्यापछि उनी सहयोगीका रूपमा नआएको भए मेरो जीवन अझै कत्ति धेरै कष्टकर हुन्थ्यो भन्ने म सम्झना पनि गर्न सक्दिन’, उनी सम्झना गर्छिन्।
तुत्सीले विद्रोही समूह खडा गरेको थियो। रुवान्डा प्याट्रोटिक फन्ट (आरपिएफ) ले सन् १९९० मा आक्रमण सुरु गरेपछि सन् १९९३ मा शान्ति सम्झौता नभएसम्म युद्ध जारी राखेको थियो। ६ अप्रिल १९९४ को दिन राष्ट्रपति जुब्रइल हाब्रीयमना र उनका समकक्षी बुरुन्डीका साइप्रीन नाटयामारा विमानमा नै मारिए। यी दुवै हुत्सु थिए।
हुत्सुले तुत्सीले हत्या गरेको आरोप लगाए। तुत्सीले पनि हुत्सुहरुले नै राष्ट्रपतिको हत्या गरेर आफूहरूमाथि निरर्थक आरोप लगाएको कुरा राखे। यसपछि सरकार विरोधीको नाम त्यहाँका भिन्न लडाकु समूहलाई उपलब्ध गराइयो। त्यसै लिस्टको आधारमा हत्या गरिएको थियो। छिमेकीले छिमेकी त मारे नै कतिपयले आफ्नै श्रीमती पनि तुत्सी भएका कारण बाँकी राखेनन्। हजारौँ तुत्सी महिलालाई लगेर यौन दासी बनाइयो।
सत्तारुढ दलकै युवा सङ्गठन पनि त्यहाँ थियो। इन्टरह्यामवेको नाममा रहेको सो सङ्गठनले विध्वंस नै मच्चाएको थियो। गाउँ गाउँमा रहेका युवा सङ्गठनलाई हतियार बुझाइएको थियो। यिनीहरूले लक्षित व्यक्तिको पहिचान गर्दै हत्या नै गर्ने गरेका थिए। रेडियो र पत्रिकाबाटै तुत्सी प्रति घृणा पैदा गर्ने सामग्री प्रकाशमा ल्याइएका थिए। थुप्रै पादरी पनि मारिए। कतिपय चर्चमै लुकेर पनि बयान जोगाएका थिए। त्यस समयमा राष्ट्र सङ्घ र बेल्जियमको सेना पनि रुवान्डामा थियो। तथापि राष्ट्रसङ्घले त्यो रोक्न कुनै निर्देशन नै दिएन।
सोमालीयामा अमेरिकी सेना मारिएका कारण अमेरिका कुनै पनि अफ्रिकी महादेशको आन्तरिक युद्धमा आफ्नो उपस्थिति नदेखाउने कुरामा प्रतिबद्ध थियो। १० बेल्जियम मारिएपछि बेल्जियमका शान्तिको अगुवाइ गर्नेहरू पनि फर्किए। हुत्सु सरकारको सहयोगी फ्रान्सेली पनि त्यहाँ थिए। उनीहरू सुरक्षित ढङ्गले आफ्नो नागरिक फिर्ता बोलाउन लागेका थिए। युगान्डा सेनाको सहयोग रहेको आरपिएफ विस्तारै थप क्षेत्र कब्जा गर्दै गएको थियो। ४ जुलाई १९९४ को दिन यो जत्था राजधानी किगालीमा प्रवेश गरेको थियो।
नरसंहारमा समेत संलग्न भएका २० लाख हुतुहरु सीमा पार हुँदै प्रजातान्त्रिक गणतन्त्र कङ्गो (त्यस समयको जाइरे)मा गए। धेरै जना तान्जानीया र बुरुन्डी गए। त्यसपछि विस्तारै रुवान्डाको त्यो नरसंहार त अन्त्य भयो। तर, त्यस समयमा ज्यान गुमाउनेको स्मरण अहिले पनि गरिन्छ। धेरैले त्यस समयमा भएको पीडाको घाउँ र्बिसिएर प्रेम नै जीवनको आधार हो भन्ने महसुस गर्न थालेका छन्।
२८ वर्षपछि रुवान्डा नरसंहारको स्मरण गर्दै राष्ट्र सङ्घलेसमेत मानवतावादी हुन आह्वान गरेको छ। अहिले अफ्रिकामा महादेशमा नै रुवान्डा मानव अधिकारको प्रत्याभूति गर्न सकिने देशको रूपमा अघि बढेको छ।
अहिले २८ वर्षपछि रुवान्डा नरसंहारको स्मरण गर्दै राष्ट्र सङ्घलेसमेत मानवतावादी हुन आह्वान गरेको छ। अहिले अफ्रिकामा महादेशमा नै रुवान्डा मानव अधिकारको प्रत्याभूति गर्न सकिने देशको रूपमा अघि बढेको छ। त्यसै समयमा रुवान्डाको नरसंहार लामो समय गएका कारण सुरक्षा परिषद्को भूमिकामाथि नै प्रश्न खडा नभएको होइन। अहिले यी सबै कुरा सकिएर रुवान्डामा पूर्ण शान्ति र मानव अधिकारको सवालमा कटिबद्ध रहेको राष्ट्र सङ्घले जनाएको छ। श्रोतः बीबीसी, युएन न्युज
प्रतिक्रिया