पछिल्लो अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९ « Khabarhub

पछिल्लो अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

कुन पदमा कति उम्मेदवार ?

मेयरः ३ हजार २६१

अध्यक्षः ३ हजार २५४

उपमेयरः २ हजार ३

उपाध्यक्षः २ हजार २९२

वडाध्यक्षः ३२ हजार ५९

महिला सदस्यः २३ हजार ३ सय ७५

दलित महिला सदस्यः २१ हजार ११५

सदस्यः ४८ हजार ९१०

मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : २६ बजे

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर– थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ– स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली