निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी र विरोधको उजुरी दिन पाइने « Khabarhub

निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी र विरोधको उजुरी दिन पाइने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने भएको छ। उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाविरुद्ध उजुरी दिन पाइन्छ। तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन।

तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो। आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

१७ वैशाखमा उम्मेदवार बनेकाले निर्वाचन चिह्न प्राप्त गर्नेछन्। र, ३० वैशाखमा निर्वाचन हुनेछ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ४५ बजे

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर– थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ– स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली