फ्रान्समा म्याक्रोंको दोश्रो कार्यकाल- सम्भावना र चुनौती | Khabarhub Khabarhub

फ्रान्समा म्याक्रोंको दोश्रो कार्यकाल- सम्भावना र चुनौती



दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा विजयी हुँदै इम्मानुल म्याक्रों पुनः फ्रान्सको राष्ट्रपति बनेका छन्। आइतबार भएको दोश्रो चरणको मतदानमा राष्ट्रपति म्याक्रोंले ५८ दशमलब ८ प्रतिशत मत प्राप्त गरे भने उनकी प्रतिद्वन्द्वी दक्षिणपन्थी उम्मेद्वार मरी ले पेनले केबल ४१ दशमलब २ प्रतिशत मत प्राप्त गरिन्।

यसअघि गत अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्न नसकेपछि पहिलो चरणमा सबै भन्दा धेरै मत पाउने दुई उम्मेद्वारबीच दोश्रो चरणको प्रतिस्पर्धा भएको हो।
यसअघि सन् २०१७ मा भएको अघिल्लो राष्ट्रपतीय निर्वाचनमा पनि ले पेन र म्याक्रोंबीच प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनमा म्याक्रोंले ६६ दशमलब १ प्रतिशत तथा ले पेनले ३३ दशमलब ९ प्रतिशत मत प्राप्त गरेकी थिइन्।

एम्यानुयल म्याक्रों पछिल्लो २० वर्षमा फ्रान्समा लगातार दोश्रो कार्यकाल सम्हाल्ने पहिलो राष्ट्रपति बनेका छन्। तर, उनको दोश्रो कार्यकाल निकै कठिन हुने देखिन्छ।

यससँगै म्याक्रों पछिल्लो २० वर्षमा फ्रान्समा लगातार दोश्रो कार्यकाल सम्हाल्ने पहिलो राष्ट्रपति बनेका छन्। यद्यपि उनको दोश्रो कार्यकाल निकै कठिन हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरेका छन्। कोरोना भाइरसको महामारीका कारण उत्पन्न मूल्यवृद्धि र युक्रेनमाथि जारी रुसी आक्रमणको सफल व्यवस्थापन गर्नु उनका लागि सबैभन्दा कठिन रहेको बताइएको छ।

यसअघि सन् २०१७ मा बैंकिङ पृष्ठभूमिबाट एकाएक राष्ट्रपति बनेका म्याक्रों फ्रान्सेली राजनीतिमा स्थापित भइसकेका छन्। उनले आफ्नो पहिलो कार्यकालमा विभिन्न प्रदर्शनको सामना पनि गरिसकेका छन्। पहिलो कार्यकालमा फ्रान्सको रोजगार कानुनलाई सुधार गर्ने उनका कदम अलोकप्रिय बनेका थिए।

मुलुकमा पेन्सन पाउने उमेरहदलाई ६२ वर्षबाट बढाएर ६५ वर्ष पुर्याउने उनको बाचा थियो। म्याक्रोंले यस्ता उदारवादी नीतिलाई कार्यान्वयन गर्ने बेला थप प्रदर्शनहरु हुने अपेक्षा गरिएको छ।

धेरैले म्याक्रोंको व्यक्तित्वलाई लक्षित गरेरसमेत आक्रामक बयानबाजीहरु दिने गरेका छन्। म्याक्रोंको पहिलो कार्यकालमा प्रदर्शनमा उत्रेका येल्लो भेष्ट प्रदर्शनकारीले म्याक्रोंले अहंकारी शैली देखाएको भन्दै आलोचना पनि गरेका थिए।

यस पटकको निर्वाचन अभियानमा म्याक्रोंले अझ उदारवादी नीतिहरुलाई निरन्तरता दिने बताएका थिए। यसबाहेक मुलुकमा पेन्सन पाउने उमेरहदलाई ६२ वर्षबाट बढाएर ६५ वर्ष पुर्याउने उनको बाचा थियो। म्याक्रोंले यस्ता उदारवादी नीतिलाई कार्यान्वयन गर्ने बेला थप प्रदर्शनहरु हुने अपेक्षा गरिएको छ।

अत्यावश्यक वस्तुको मूल्य बढिरहेको बेला विश्वका अरु नेताहरुजस्तै उनले पनि अर्थतन्त्रमा सुधार ल्याउने प्रयास गरिरहेका छन्। यद्यपि उनको सुधारको प्रयासलाई युक्रेनमा जारी रुसी आक्रमण र कोरोना भाइरसका कारण उत्पन्न विश्वव्यापी आर्थिक अवस्थाले धेरै हदसम्म प्रभावित बनाउनेछ।

म्याक्रोंको यूरोप नीति
म्याक्रों युरोप समर्थक हुन्। यद्यपि बेलायत युरोपेली युनियनबाट बाहिरिए पनि युरोपप्रति उनको धारणा फेरिएको छैन। हाल उनी युरोपको परिषद्का अध्यक्षता गरिरहेका छन्। उनको अध्यक्षतामा फ्रान्सेली पहिचानको रुपमा रहेको लोकतन्त्रिक व्यवस्था र ऐक्यबद्धताको पक्षमा लगातार वकालत पनि गरिरहेका छन्।

पाँच वर्षे योजनामा युरोपेलीको अधिकारलाई सुदृढ गर्नु आयातित कोइला, ग्यास, तेलजस्ता इन्धनको परनिर्भरता हटाउनु र आफ्नै अत्यावश्यक यूरोपेली पूर्वाधारको निर्माणमा जोड दिइनु लगायत उल्लेख छन्।

उनको पाँच वर्षे योजनामा युरोपेलीको अधिकारलाई सुदृढ गर्नु आयातित कोइला, ग्यास, तेलजस्ता इन्धनको परनिर्भरता हटाउनु र आफ्नै अत्यावश्यक यूरोपेली पूर्वाधारको निर्माणमा जोड दिइनु लगायत उल्लेख छन्। यसबाहेक उनले बेलाबेला यूरोपले आफ्नै सैन्य संगठन निर्माण गनुपर्ने बताउँदै आएका छन्। उनको विजयलाई धेरै युरोपेली नेताहरुले स्वागत पनि गरेका छन्।

युक्रेनमाथि रुसको आक्रमण
म्याक्रों आफ्नो कार्यकालमा नियमित रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्कमा थिए। त्यसैले म्याक्रोंले युक्रेनमाथिको रुसी आक्रमणलाई रोक्नसक्छन् भन्ने धेरैले अपेक्षा गरेका थिए। रुसले युक्रेनमाथि आक्रमण गर्नु केही दिनअघि पनि म्याक्रों रुस पुगी पुटिनसँग भेटवार्ता गरेका थिए। तर, रुसले युक्रेनमाथि आक्रमण थालेपछि भने रुसी आक्रमण रोक्ने अवोध प्रयास गरेको भन्दै धेरैले म्याक्रोंको आलोचना पनि गरेका थिए।

रुसी आक्रमण सुरु भएपछि पनि म्याक्रोंले वार्ता र कूटनीतिको माध्यमबाट शान्ति स्थापनाको प्रयास गरेका थिए। तर, युक्रेनमा रुसी आक्रमण अझ कठोर बन्दै जान थालेपछि र राजधानी किभ आसपास रुसी फौजले सर्वसाधारणको हत्या गरेको पहिचान भएपछि भने म्याक्रों हाल युक्रेनलाई समर्थन गर्ने पक्षमा पुगेका छन्।

उनले अरु पश्चिमा नेताहरुले जस्तो रुसले युक्रेनमा आम नरसंहार गरेको भनी आरोप लगाएका छैनन्। सायद भविष्यमा रुससँग वार्ताको ढोका खुल्लै होस् भन्ने चाहेर उनले यस्तो गरेको हुनुपर्छ। तैपनि उनले युक्रेनी फौजलाई हतियार पठाउनका लागि इन्कार गरेका छैनन्। त्यसमाथि उनले रुसमाथि प्रतिबन्धात्मक कदमहरु पनि चालिरहेका छन्। राष्ट्रपति पुटिनलाई आफ्नो दिशा परिवर्तन गर्न मनाउने प्रयासमा उनको विजयीले थप आत्मविश्वास प्रदान गर्नसक्छ। तर, पुटिनलाई मनाउनु चानचुने चुनौती भने होइन।

नेटो
म्याक्रोंको नेतृत्वमा फ्रान्स नेटोको पनि उत्तिकै महत्वपूर्ण साझेदारको रुपमा देखा परेको छ। फ्रान्स नेटो स्थापना गर्ने सन्धिको पनि संस्थापक हस्ताक्षरकर्ता हो। सन् १९६६ देखि सन् २००९ सम्म नेटोको कमाण्ड संरचनाबाट बाहिर रहे पनि फ्रान्सले पछिल्लो समय नेटोका विभिन्न सैनिक अभियानमा पनि सहभागिता जनाउँदै आएको छ।

फ्रान्समा दक्षिणपन्थी राजनीति अगाडि बढेसँगै म्याक्रों पनि सोही अनुसार मध्यपन्थी राजनीतिबाट दक्षिणपन्थी राजनीति तिर आकर्षित भएका हुन् कि भन्ने धेरै विश्लेषकले बताउँदै आएका छन्।

म्याक्रों राष्ट्रपति बनेयता नेटोका लागि फ्रान्सको योगदान पनि निरन्तर जारी छ। यसबाहेक फ्रान्सले उत्तर अफ्रिकाको साहेल क्षेत्रमा आतंककारीविरुद्ध गैर नेटो सैनिक अभियान पनि सञ्चालन गरेको छ। नेटोप्रति प्रतिबद्धता व्यक्त गर्न म्याक्रोंको नेतृत्वमा फ्रान्सले रक्षा बजेटलाई कूल ग्राहस्थ उत्पादनको २ प्रतिशत पुर्याएको छ। यसबाहेक फ्रान्सले रक्षा बजेटको आकारलाई कायमै राख्ने समेत बताएको छ। यसअघि डोनाल्ड ट्रम्पको प्रशासनमा अमेरिकाले नेटोका सबै मुलुकहरुले रक्षा बजेटलाई कूल ग्राहस्थ उत्पादनको २ प्रतिशत पुर्याउनुपर्ने बताउँदै आएको थियो।

आप्रवासन र सामुदायिक सम्बन्ध
फ्रान्समा दक्षिणपन्थी राजनीति अगाडि बढेसँगै म्याक्रों पनि सोही अनुसार मध्यपन्थी राजनीतिबाट दक्षिणपन्थी राजनीति तिर आकर्षित भएका हुन् कि भन्ने धेरै विश्लेषकले बताउँदै आएका छन्। सोही अनुसार उनको आप्रवासन सम्बन्धी बाचा पनि दक्षिणपन्थी राजनीतितिर झुकेको हुनसक्ने ठानिन्छ।

उनी युरोपमा भिसारहित सेङ्गेन प्रणालीमा सुधार गरिनुपर्ने बताउने गर्छन्। उनले युरोपेली सीमालाई अझ सुदृढ गर्न, राष्ट्रिय ‘सीमा बल’ को स्थापना गर्न र शरण माग्ने पद्दतीमा पनि सुधार गर्नुपर्ने खाँचो औल्याउँदै आएका छन्।
४२ प्रतिशत फ्रान्सेली मतदाताले दक्षिणपन्थी उम्मेद्वारलाई मत दिएको अवस्थामा दक्षिणपन्थी राजनीतितर्फ उनको झुकावले निरन्तरता पाउने हो कि होइन त्यो भने समयले बताउनेछ।

मौसम
मौसम परिवर्तन र यसबाट उत्पन्न परिस्थितीका कारण फ्रान्सको मौसमनीति बेलाबेला आलोचित हुने गर्छ। गत साता मात्रै ‘एक्सिटिङ्सन रेबिलियन’ नामक प्रदर्शनकारीको समूहले मौसम परिवर्तनलाई निरुत्साहित गर्न फ्रान्सेली प्रयास अपर्याप्त रहेको भन्दै प्रदर्शन गरेका थिए। फ्रान्सले सन् २०५० सम्म कार्बन उत्सर्जन कटौती गरिसक्ने लक्ष्य लिएको छ।

म्याक्रोंले दोश्रो कार्यकालमा उसैपनि असन्तुष्ट रहेका वामपन्थी र फ्रान्सेली राजनीतिमा प्रभावशाली मानिने दक्षिणपन्थी सबैको चित्त बुझाउनुपर्ने बाध्यता छ।

उनको योजनामा सौर्य उर्जा, हावाबाट उत्पन्न गर्न सकिने ऊर्जा र आणविक ऊर्जा जस्ता पूर्वाधारमा विशेष जोड दिइएको छ। यसबाहेक उनले यूरोपेली सीमाभित्र रहेका सबै मुलुकले कार्बन कर लागू गर्नुपर्ने बताउने गरेका छन्।
त्यसैगरी उनले कारको प्रयोगलाई निरुत्साहित गर्न सार्वजनिक यातायातको पूर्वाधारलाई विस्तार गर्ने बाचा समेत गरेका छन्। यद्यपि सानो संख्यामै रहेपनि केही विपक्षीले उनको मौसम योजनाको विरोध गर्नसक्ने बताइएको छ।

जे होस्, म्याक्रोंले दोश्रो कार्यकालमा उसैपनि असन्तुष्ट रहेका वामपन्थी र फ्रान्सेली राजनीतिमा प्रभावशाली मानिने दक्षिणपन्थी सबैको चित्त बुझाउनुपर्ने बाध्यता छ। -स्काई न्युज, बीबीसी, फ्रान्स २४, एएफपी लगायतको सहयोगमा

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ४९ बजे

गण्डकी प्रदेश प्रमुखद्वारा निजामती सेवा अध्यादेश प्रमाणीकरण

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा

जिल्ला र उच्च अदालतका २५ न्यायाधीशको सरूवा

काठमाडौं- न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको

घरदैलोमै नगरवासीलाई सेवा

भोजपुर– योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको

तीनकुनेको जग्गा ५० वर्षदेखि कब्जा, सरकारले केही गरेन : बालेन

काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि