रुसी विदेशमन्त्रीद्वारा तेश्रो विश्वयुद्धको चेतावनी « Khabarhub

रुसी विदेशमन्त्रीद्वारा तेश्रो विश्वयुद्धको चेतावनी


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी विदेश मन्त्री सर्गेई लाभरोभले तेश्रो विश्वयुद्धको चेतावनी दिएका छन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका पत्रकारहरूसँग कुरा गर्दै लभ्रोभले तेश्रो विश्वयुद्धको चेतावनी दिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

उनले युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका हुन् । लाभरोभले शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले जनाएको छ ।

उनले भने– ‘सद्भावनाको सीमा हुन्छ । तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन ।’

लाभरोभले टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भएको बैठकमा युक्रेनी पक्षले अघिल्लो अडानबाट पछि हटेर सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन् । तर लाभ्रोभले भने जेलेन्स्कीले शान्तिवार्ताको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् ।

लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बाहिर सुनिए जत्तिकै वास्तविक रहेको समेत चेतावनी दिएका छन् । ‘खतरा गम्भीर छ, यो वास्तविक हो ।’ उनले भने ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ३२ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको