सहमति विपरीत दिइएका उम्मेद्‍वारी फिर्ताका लागि प्रयास जारी छ : गुरुङ « Khabarhub

सहमति विपरीत दिइएका उम्मेद्‍वारी फिर्ताका लागि प्रयास जारी छ : गुरुङ


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमति विपरीत भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा भएको साक्षात्कारमा नेता गुरुङले धेरैजसो पालिकामा गठबन्धनभित्रकै सहमतिका आधारमा उम्मेद्वारी दर्ता भएको भन्दै सहमति विपरीत भएका उम्मेद्वारी फिर्ताका लागि पहल भइरहेको बताएका हुन् ।

उनले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक फरक रूपमा भएका मनोनयन फिर्ता हुने दाबी गरेका छन् ।

गुरुङले वडा तहमा सहमति हुन नसके पनि प्रतिगमनको प्रवृतिलाई हाबी हुन नदिने गरी संविधान विरोधी पक्षलाई दुरुत्साहित गर्ने कोसिस हुने पनि बताए ।

त्यस्तै गुरुङले वित्तीय एकाधिकार दलाल पुँजीवादका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको तर्क गरे ।

परनिर्भरतामा मुलुक गइरहेको र स्वदेशी वस्तुको उत्पादनमा ध्यान नपुग्दा अहिलेको अवस्था आएको उनकाे भनाइ छ ।

परनिर्भरता न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउन राज्यको भूमिका हुनुपर्नेमा यसअघिको सरकारको त्यसतर्फ ध्यान जान नसकेको उनकाे आरोप थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ५४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको