रञ्जनामा अफर : साताको दुई दिन १ सय ७५ रुपैयाँमा टिकट उपलब्ध | Khabarhub Khabarhub

रञ्जनामा अफर : साताको दुई दिन १ सय ७५ रुपैयाँमा टिकट उपलब्ध


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्य फिल्म हल झैँ न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १ सय ७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको छ । 

प्रत्येक बुधबार र बिहीबार मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने भएका छन् । अघिपछि भने टिकटको मूल्य ३ सय ५० रुपैयाँ भएता पनि साताको दुई दिन भने दर्शकलाई सुविधा दिएको जनाएका छन् । 

मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा बन्द गरिएको रञ्जना हल तेलुगू फिल्म ‘आरआरआर’ को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो । ‘दर्शकहरुको सुविधालाई ध्यानमा राख्दै यस्तो सुविधा ल्याएका हौं,’ प्रबन्धक विनोद पौडेलले भने । गत चैत ११ देखि पुनः सञ्चालनमा आएको हलमा अहिले ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ०० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’