काठमाडौं– जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली उपलब्ध गराउने भएको छ ।
सत्तारुढ गठबन्धनको उदारवादी फ्रि डेमोक्र्याट्स पार्टीका नेता योहान्नेस भोगलले सुडडोइच जेइतुङ अखबारलाई बताएअनुसार रक्षामन्त्री क्रिस्टिएन लाम्ब्रेख्टले साझेदारहरूसँग सल्लाह गरी यसबारे निर्णय गर्नेछिन् ।
भारी हतियार आपूर्ति नगरेको भनी जर्मनीभित्रै र अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको जर्मनीले युक्रेनलाई विमानभेदी प्रणाली उपलब्ध गराउन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि जर्मन चान्सलर ओलाफ शोल्जले युक्रेनलाई विमानभेदी र ट्यांकभेदी प्रणाली सहयोग गर्ने बाचा गरेको रोयटर्सले जनाएको छ ।
उनले यस्ता हतियारहरु रक्षात्मक भएको भन्दै जर्मनीको सैनिक मौज्दातमा रहेका केही हतियार युक्रेनलाई दिन सकिने बताएका थिए ।
प्रतिक्रिया