जनतासँग गरेका प्रतिवद्धता पुरा गर्छु :  सिर्जना सिंह « Khabarhub

जनतासँग गरेका प्रतिवद्धता पुरा गर्छु :  सिर्जना सिंह


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासँग गरेका प्रतिवद्धता पुरा गर्ने बताएकी छिन्। 

मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफूले सारेका योजनाहरूलाई पुरा गर्ने प्रतिवद्धता जनाएकी हुन्। उनले राजधानी काठमाडौँलाई सबैको साझा शहर र सुरक्षित शहर बनाउने दाबी गरिन् । महिलाले राम्रोसँग घर चलाएसँगै काठमाडौँ महानगरलाई सफा सुग्घर तवरले चलाएर देखाउने उनको भनाइ छ। 

त्यस्तै कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गरिन् । उनले मुलुकको परिवर्तनमा महिलाहरूले धेरै योगदान गरेको भन्दै अव पदमा रहेर देशका सेवा गर्ने समय आएको धारणा राखिन् ।

त्यस्तै काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौँ महानगरमा विकासका धेरै काम अघि बढेको भन्दै यसलाई निरन्तरता दिन सिर्जना सिंहलाई विजयी गराउनुपर्ने बताइन्। उनले काठमाडौँलाई सांस्कृतिक शहरको रुपमा अघि बढाउनुपर्ने बताइन्।

त्यस्तै कार्यक्रममा अन्य महिला नेतृ, महिला समाजसेवी लगायतले सिंहलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ३८ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना