लमजुङ– आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ ।
आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो ।
जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको
मर्स्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले जानकारी दिए ।
उनले भने, ‘कतिला विरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएका छन् ।’ केही महिना अघि न्यादी आयोजनाको सिमेन्ट ओसारपोसारका क्रममा ढाँका चोरी मुद्दामा केश परेको थियो । सो विरुद्धमा अदालतमा परेको मुद्दा देखाएर उनले दाबी विरोध उपरको उजुरी दिएका छन् । आएको दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने उनले बताए ।
कतिलालाई अदालतले एक महिना कैद र १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन अधिकृत काफ्लेले बताए ।
लमजुङमा विभिन्न पदका लागि एक हजार १४७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह छन् ।
प्रतिक्रिया